२०८२, २७ चैत्र शुक्रबार
×

ट्रेन्डिङ

विवादस्पद अभिव्यक्ति दिएका कानुनमन्त्री तामाङले दिए राजीनामा

1784 Shares
Spread the love

काठमाडौं। कानुन मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन्। मंगलबार कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कानुन मन्त्री तामाङले राजीनामा दिएको घोषणा गरेका हुन्।

मन्त्री तामाङले केही दिन अगाडि बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राबारे विवादस्पद अभिव्यक्ति दिएका थिए। जसको चौतर्फी विरोध भएको थियो। मन्त्री तामाङको उक्त अभिव्यक्तिपछि नेपाल कम्युनिष्ट पार्टीलेसमेत राजीनामा दिन निर्देशन दिएको थियो।

पत्रकार सम्मेलनमा निकै भावुक बनेका मन्त्री तामाङले आफू महिलालाई निकै सम्मान गर्ने व्यक्ति भएको बताए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले नै मन्त्री तामाङको अभिव्यक्तिको विरोध  गरेका थिए। आफ्नो अभिव्यक्तिको सवत्र विरोध भएपछि मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागरेका थिए।

तर प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई बोलाएर छलफल गरेका थिए। बहुमतसहितको सरकारले ५ वर्षमा जनमुखी काम गरेर लोकप्रियता कमाउनुपर्ने बेलामा मन्त्रीको अभिव्यक्तिले सरकार नै बदनाम भएको भन्दै उनलाई राजिनामा दिन सुझाब दिइएको हो।

प्रतिक्रिया