२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

मेलिना राईको स्वरमा ‘नाई नभन्नु ल–५’ शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

3762 Shares
Spread the love

काठमाडौँ। चलचित्र ‘नाई नभन्नु ल–५’को शीर्ष गीत सार्वजनिक भएको छ। ‘नाई नभन्नु ल ५’ सफल नेपाली चलचित्र ‘नाईं नभन्नू ल’को पाँचौ सिक्वेल हो।

‘तिम्रो आँखामा आँखा जुधाई’ बोलको गीतमा गायिका मेलिना राईको स्वर रहेको छ।  गीतको शब्द दिनेश थपलियाले लेखेका छन् भने सङ्गीत बसन्त सापकोटाको रहेको छ। केही दिन अघि चलचित्रको ट्रेलर सार्वजनिक भएको थियो जसले निकै चर्चा पाएको थियो।

चलचित्रमा बालकलाकार अनुभव रेग्मी, सेड्रिना शर्मा, स्वस्तिमा खड्का र अभिषेक नेपालको मुख्य अभिनय रहनेछ भने भदौ ८ बाट सार्वजनिक प्रदर्शनमा आउँने चलचित्रमा दीलिप रायमाझी, निरूता सिंह, केकी अधिकारी, प्रियङ्का कार्की, जयनन्द लामा, बुद्धि तामाङ लगायत कलाकारको समेत अभिनय समेटिएको छ ।

हरेक सिरिजमा कलाकार डेब्यु गराउँदै आएका निर्देशक आचार्यको यो चलचित्रबाट अभिषेक नेपाल र बालकलाकार सेड्रिना शर्मा डेब्यु गर्दैछन् । विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको चलचित्रमा छायाङ्कन पुरुषोत्तम प्रधान र सङ्गीत बसन्त सापकोटाको रहेको छ  ।

प्रतिक्रिया