लन्डन- एन आर एन यु के को आगामी सेप्टेम्बर १४मा हुन गैरहेको अधिबेशनमा युवा उधमी एबम निष्ठावान समाजसेवी तथा २०१५- १७ मा एन आर एन युकेको कार्यकारी सदस्य, प्रेस एण्ड पब्लिकेशन विभागको सचिब, २०१७- १९ का कोषाध्यक्षको प्रत्यासी एबम वर्तमान सल्लाहाकार सालिकराम सापकोटाले आइ सी सी सदस्य पदमा आफ्नो उम्मेदवारी दिएका छन् ।
युकेमा थोरै ठुला र सक्रिय सामाजिक संस्थाहरु मध्ये एक “क्याट” (चितवन एड सोसाइटी) नामक च्यारिटी संस्थामा सचिब हुँदै सबैको मन जितेर वर्तमान उपाध्यक्षको जिम्मेवारी सम्हाली रहेका सापकोटाले जेन्स यु के (ग्राजुएट इन्टरप्रेन्युइर नेपालिज सोसाइटी) का अध्यक्ष भएर पनि काम गरिसकेका छन् भने हाल उक्त संस्थाको सल्लाहकारको रुपमा काम गरिरहेका छन् ।
Anglia Ruskin University UK एनगलिया रस्किन युनिभर्सिटी बाट एकाउनटिङ् बिसयमा डिग्री हासिल गरि सकेका सापकोटा आफ्नो करियरको बिकास संगै निस्वार्थ समाज सेवा गर्नु, सकेको योगदान गर्नु आफ्नो जिबनको अभिन्न पाटो, चहाना र रूचिको बिषय भएको बताए ।
२०१७ -१९ मा एन आर एन युकेको राज्य समन्वय विभागमा समेत रहेर सक्रिय भूमिका निर्बाह गरिरहेका सापकोटा उर्जाशील, कर्मठ, सक्षम एबम गतिशील युवा उम्मेदवारको रुपमा चित्रण गरीएको छ ।
सापकोटाले एन आर एन आइ सी सी सदस्य पदमा उमेददवारि दिनुको प्रमुख एजेन्डा भनेको; गैर आबासिय नेपाली हरुको प्रमुख मुद्दा ” नेपाली नागरिकताको निरन्तरता” को मागलाइ अझ शसक्त रुपमा आवाज बुलन्द गरि यो मुद्दालाई सम्बोधन गराउनको लागि जोडदार पहल गर्न, साथै एन आर एन प्रति युवा हरुको आकर्षण र सहभागितालाइ जोड दिदै युवा नेतृत्वको बिकास गर्न र विदेशमा विभिन्न क्षेत्रमा बिसेश्यज्ञता हासिल गरेका युवाजनसक्तिलाइ नेपालको विकास प्रक्रियामा सहभागी गराउन महत्व पूर्ण भूमिका निर्बाह गर्नको लागि आफुले एस पल्ट एन आर एन आइ सी सी सदस्य पदमा उम्मेदवारी दिएको बताए ।
बेलायतबासि नेपाली माझ निकैनै लोकप्रिय आइसीसी सदस्यका युवा उम्मेदवार सालिकराम सापकोटाले असन्न
एनआरएन युकेको अधिबेशनमा सम्पूर्ण बेलायतबासीले आफ्नो अमुल्य अभिमतदिएर जिताउनु हुनेछ भन्ने आशा एबम विश्वास व्यक्त गरेका छन् ।सापकोटाले उक्त पदमा जिताउनको लागि सम्पूर्ण युके बासि नेपालीहरुमा हार्दिक अपिल पनि गरेका छन् ।