२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

मगर समाज अस्ट्रेलियाको आठौँ वार्षिकोत्सव सम्पन्न

900 Shares
Spread the love

सिड्नी – मगर समाज अस्ट्रेलियाले आठौँ वार्षिकोत्सव यही अगष्ट २४ तारिख शनिबारका दिन विभिन्न कार्यक्रमहरू आयोजना गरेर मनायो । सिड्नीको काल्र्टनस्थित २ शर्ट स्ट्रिटस्थितमा सम्पन्न उक्त वार्षिकोत्सव कार्यक्रममा अस्ट्रेलियामा ब्याचलर तथा मास्टर्स डिग्री प्राप्त गरेका मगर समुदायका विद्यार्थीहरूलाई अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा सिड्नी आएका मगर समुदायका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै यहाँ आइपर्ने समस्या तथा अवसरहरूका बारेमा समेत जानकारी गराइएको थियो ।

मगर समुदायबीच आपसी भाइचारा बढाउँदै सम्बन्ध सुदृढ गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त वार्षिकोत्सव कार्यक्रममा मगर संस्कृति झल्काउने तथा अन्य समुदायका सांस्कृतिक प्रस्तुतीका साथै विविध मनोरञ्जनात्मक प्रस्तुती पनि पेश गरिएको थियो ।

समुदायमा आपसी भाइचारा बढाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको समाजका सचिव सुदर्शन थापा मगरले बताए ।

उनले भने, “आठौँ वार्षिकोत्सव मनाउने उद्देश्यसहित आयोजना गरिएको सो कार्यक्रमले अस्ट्रेलियामा वसोवास गरिरहेका नयाँ तथा पुराना पिढीका मगर समुदायका वासिन्दाहरू बीच सम्बन्ध सुदृढ गरेको छ । कार्यक्रममा उपस्थित भएर सहयोग गरिदिने सबै नेपालीलाई म आयोजक संस्थाको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।”

कार्यक्रममा नेपाली समुदायका अगुवाहरूका साथै सिड्नीवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया