प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जथाभावी नबोल्न चेतावनी दिएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरंकुश हुन नदिन आफूहरूको सरकार विरोधी आन्दोलन सुरु गर्नु परेको पनि स्पष्ट पार्नु भयो ।
सोमबार पार्टीमा आवद्ध नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री केपी ओलीलाई देश र जनताप्रति जवाफदेही हुन पनि सचेत गराउनु भयो ।
वरिष्ठ नेता पौडेलले जनताको विरोधको आवाजमाथि जबर्जस्ती प्रतिबन्ध गराउने कोसिस भइरहे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिनु भयो । गोविन्द केसीको माग सम्बोधन नगरेको, नागरिक अधिकार हनन् हुनेगरी कर बढाएको, काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र ताकेको, महँगी नियन्त्रण नगरेकाले सरकार विरुद्ध आन्दोलन गर्नु परेको वरिष्ठ नेता पौडेलको भनाई छ ।
वरिष्ठ नेता पौडेलले सरकारलाई गलत बाटोमा जान नदिन पनि आफूहरूले खबरदारी गरिरहेको दावी गर्नु भयो । लोकतन्त्रको बाटोमा अवरोध आउने काम सरकारबाट भए सैह्य नहुने पौडेलको चेतावनी थियो ।