२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

हिरासतमा रवि लामिछानेसंग अन्तरवार्ता लिने पत्रकारलाई कारवाही गर्ने एसपी मल्लको चेतावनी पछि टेकनारायणको परिवारमा खैलाबैला

2653 Shares
Spread the love

काठमाडौं –हिरासतमा रहेका रवि लामिछानेसंग अडियो अन्तरवार्ता लिएर सार्वजनिक गरिएपछि प्रहरी प्रशासनमा हलचल मच्चिएको छ । शालिकराम पुडाशैनीको घटनालाई लिएर चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने लगायत तीन जना अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । सञ्चारकर्मी टेकनारायण भट्टराईले हिरासत भित्र गएर रविलाई भेटेर गरेको अडियो कुराकानी युट्युव मार्फत सार्वजनिक भएपछि प्रहरी प्रशासनमा खलबली मच्चिएको छ ।

अडियो अन्तरवार्ता सार्वजनिक भएपछि चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले प्रतिकृया दिएका छन् । उनले हिरासत भित्र अनुसन्धानमा रहेका ब्यक्तिसंग अन्तरवार्ता लिएर सार्वजनिक गर्ने ब्यक्तिलाई पनि अनुसन्धानको दायरामा ल्याउने बताएका छन् । हिरासतमा रहेको व्यक्तिको धारणा अनाधिकृत रूपमा बाहिर लैजाँदा अनुसन्धानलाई प्रभाव पार्न सक्ने भन्दै अनरवार्ता लिने व्यक्तिमाथि कानुनी कार्वाही गर्ने बताएका हुन् ।

उनको सो धारणा सार्वजनिक भएपछि रविको अन्तरवार्ता लिएका सञ्चारकर्मी भट्टराईले पनि सामाजिक सञ्जाल मार्फत प्रतिकृया दिएका छन् । प्रहरीको त्यस्तो प्रतिकृयाले आफ्नो परिवारमा समस्या उत्पन्न भएको बताएका छन् । उनले परिवारका सदस्य अत्तालिएको भन्दै आफुले कुरा बुझाउन पनि समस्या भएको प्रतिकृया दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्

एसपी दानवहादुरजीले रविको अन्तरवार्ता लिनेलाई पक्राउ गर्ने भन्नु भएछ,अत्तालिएको परिवारका सबैलाई कुरा बुझाउँदा हैरान। पत्नीजी सहजै कन्भिन्स्, तर पक्राउ पर्ने सबै चोरडॉका, अपराधी हुँदैनन् भनेर छोरालाई विश्वासमा लिन हम्मे परिरहेको छ, दलिल प्रमाणका लागि फिल्मनै देखाउनु पर्ला जस्तो भो,कुन छ ।

प्रतिक्रिया