२०८०, १४ फाल्गुन सोमबार
×

ट्रेन्डिङ

कानुनमन्त्रीले राजीनामा दिने :शेरबहादुर तामाङको मन्त्री पद खोसियो !

2216 Shares

काठमाडाैं । कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिने भएका छन् । उनले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने बालुवाटार निकट स्रोतले जनायो ।

मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए । नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने गरेको दाबी गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पनि मन्त्री तामाङलाई राजीनामा दिन माग गरेको थियो ।

यसको सर्वत्र आलोचना भएको छ । मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागे । तर, आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्यालाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे ।

डा. गोविन्द केसीको अनसनलाई लिएर सरकारको आलोचना भइरहेका बेला कानुनमन्त्रीको अभिव्यक्ति पनि थपिएपछि नेकपाका नेताहरुले सोमबार साँझ छलफल गरेका थिए । सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा पनि मन्त्री तामाङको राजीनामाका विषयमा छलफल भएको थियो ।

बालुवाटारमा राति अबेरसम्म भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन सुझाएका छन् ।
मन्त्री तामाङले दिउँसो २ बजे कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् । स्रोतका अनुसार उनले त्यहीबाट मन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्ने तयारी छ ।

प्रतिक्रिया