लन्डन । गैरआवासीय नेपाली संघ युकेले राज्य राज्यमा समिति बनाउने निर्णय गरिसकेपछि युकेका अन्य राज्यमा समिति बने पनि इङ्ल्याण्डमा भने पहिलो पटक राज्य समिति बन्दैछ ।
युकेभित्रको सबैभन्दा ठूलो र प्रभावशाली राज्यका रुपमा रहेको इङ्ल्याण्ड राज्य समन्वय परिषदको सदस्य बन्नका लागि समाजसेवी बालकृष्ण दाहाल चुनावी मैदानमा उत्रेका छन् । यही सेप्टेम्बर १४ मा हुने एनआरएनए युकेको चुनावमा उनले इङ्ल्याण्ड राज्य समितिको सदस्यमा उम्मेदवारी दिएका छन् ।
विश्वभरका नेपालीलाई एकै छातामुनि ल्याउने उदेश्यका साथ एनआरएनएमा आवद्ध भएको उनले प्रतिकृया दिए । काठमाण्डौं गोठाटारका दाहाल लामो समयदेखि लण्डनमा बस्दै आएका छन् ।
विभिन्न पेशा व्यवसायमा आवद्ध दाहाल मुलुकका लागि केही गर्ने उदेश्यले एनआरएनएमा लागेको बताउँछन् । समाजसेवी समेत रहेका दाहालले आफनो उम्मेदवारीले थप जिम्मेवारी वोध गरेको बताए । एनआरएनए गैर राजनीति हुनुपर्ने उनको भनाई छ ।