२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएन मध्यपूर्व संयोजकमा‘गोर्खाली’ को उमेद्वारी

1184 Shares
Spread the love

युएई । आगामी अक्टोबर १३ देखि १६ गतेसम्म काठमाडौंमा हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनका लागि युएई बाट एनआरएनएको अभियनमा हुमियका मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ ले आफ्नो उमेद्वारी मध्यपूर्व संयोजकमा दिने घोषणा गरेका छन् ।

साधारण सदस्य हुँदै एनआरएन अभियानमा लागेका गोर्खाली अहिले आईसीसी सदस्यको जिम्मेवारी निर्वाह गरिरहेका छन् । उनले मध्यपूर्वमा कार्यरत नेपालीहरूको समस्यालाई मध्यनजर गर्दै उनीहरूको लागि कार्ययोजना ल्याउने आफ्नो तयारी रहेको बताएका छन् । वैदेशिक रोजगारीका लागि मध्यपूर्वी देशहरूमा कार्यरत नेपाली कामदारले भोग्दै आएको विविध समस्या समाधान गर्न गैरआवासीय नेपाली संघले अहिलेसम्म खेल्दै आएका समन्वयात्मक भूमिकालाई थप व्यवस्थित बनाउन आफुले उमेद्वारी दिएको उनको दाबी छ ।

मध्यपूर्वमा कामदारका धेरै समस्यामात्रै भनियो तर दीर्घकालीन समाधान गरिएन त्यसैले अब दीर्घकालीन रूपमा नै समस्या न्यूनीकरण गर्ने लक्ष्यसहित यसपालिको निर्वाचनमा क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिएको उनको दावी छ । मध्यपूर्वका श्रमिकको हकहित र अधिकारका लागि विशेष योजना बनाएर नै काम गर्ने उनले बताए ।

यसको अलवा संघका तत्कालीन मध्यपूर्व संयोजक तथा हालका सचिव डिबी क्षेत्रीको पहलमा थालनी भएको ‘हजारे अभियान’ लाई मुर्तरुपको लागि निरन्तरता दिने र सिन्धुलीमा निर्माणधीन ‘सिन्धुली गढी’ प्रोजेक्ट सम्पन्न गर्न सक्रिय भूमिका खेल्ने योजना पनि गोर्खालीको प्राथमिकतामा छन् । मध्यपूर्वी देशहरूमा इजिप्ट, इराक, जोर्डन, कुवेत, लेबनान, ओमन, बहराइन कतार, साउदी अरेबिया र युएई पर्दछन् ।

प्रतिक्रिया