एजेन्सी – बलिउड अभिनेत्री राखी सावन्तको विवाह भएको छ कि छैन यो कुराको अझै पुष्टि भएको छैन । तर उनले आफ्नो विवाह भइसक्यो भनेर भनिसकेकी छिन् ।
विवाहसँग सम्बन्धित केही तस्विर पनि उनले शेयर गरेकी छिन् । तर उनले श्रीमानको तस्विर भने शेयर गरेकी छैनिन् ।
यसैबीच, सामाजिक सञ्जालमा राखीको यो कुनै ड्रामा त होइन भनेर प्रश्न उठ्न थालेको छ । तर, यो कुराको खण्डन गर्दै राखीले आफू चाडै हनिमून मनाउने भनेर सार्वजनिक गरेकी छिन् ।
राखीले इन्स्टाग्राममार्फत यस कुराको जानकारी दिएकी हुन् । साथमा उनले आफ्नो विवाह र हनिमूनसँगै बलिउड अभिनेत्री कंगना रनौतको नाम पनि लिएकी छिन् ।
राखीले बताएकी छिन् कि, उनी हनिमूनको लागि लण्डन जाँदैछिन् । हनिमूनमा उनी पतिको साथमा जाने छैनिन्, उनी एक्लै जाँदैछिन् । उनले भनेकी छिन्, ुम एकदम खुशी छु, आगामी हप्ता लण्डन जाँदैछु ।
उनले भनेकी छिन्, म एक्लै जान्छु, मैले कंगनाको फिल्म क्विन हेरेको छु । तयो फिल्ममा कंगना पनि एक्लै हनिमूनमा भएकी थिइन् । म पनि एक्लै हनिमूनमा जानेछु ।
केही दिन पहिले उनले विवाहसँग सम्बन्धित आफ्ना तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । तस्विरमा उनका पति भने देखिएका छैनन् । यसैबीच राखीलाई प्रश्नको ओइरो आएको छ, विवाह भएको हो कि होइन ?
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले कमेन्ट गरेका छन्, कंगनाको उक्त फिल्ममा विवाह भएको थिएन, तपाइँको त विहे भयो नि, अनि कंगना र तपाइँ कसरी एउटै हुनुभयो ? अर्का व्यक्तिले कमेन्ट गरेका छन्, वास्तवमा विवाह नै भएको छैन होला अनि एक्लै नगएर के गर्ने त ?
राखीले २८ जुलाईमा मुम्बईको एक ठूलो होटलमा गुपचुप विवाह गरेकी थिइन् । उनको कुरा पत्याने होभने, राखीले आफ्नो एक फ्यानसँग विहे गरेकी हुन् । उनका पति अमेरिकामा डोनाल्ड ट्रम्पको एक कम्पनीमा काम गर्छन् ।