२०८२, ११ बैशाख बिहीबार
×

ट्रेन्डिङ

प्रचण्डको आक्रोश, भने: नेपाली काँग्रेसको अस्तित्व सकियो

2660 Shares

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक रुपमा नेपाली कांग्रेसको अस्तित्व सकिएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसर पारेर सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले डाक्टर गोविन्द केसीको एजेण्डा बोकेर हिडेको कांग्रेस इतिहासमा सिमित हुने दावी गरे। प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न वहानामा सरकारलाई बदनाम गर्ने प्रयत्न गरेको दृष्टान्त दिदै उनले कांग्रेस आफ्नै क्रियाकलापका कारण राजनीतिक रुपमा समाप्त हुने दाबी गरेका हुन्। विशेष गरेर डाक्टर केसीको मागलाई अनावश्यकरुपमा राजनीतिक रंग दिएर कांग्रेसले गल्ति गरेको उनको टिप्पणी  थियो।

सरकार डाक्टर केसीको जिवन रक्षाप्रति सरकार संवेदनशिल भईरहेकै समयमा कांग्रेसले अवरोध पुर्याएको दाबी उनले गरे। उनले भने “नेपाली कांग्रेसले खोजेको चाही के हो ? नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्र डाक्टर केसीको पुच्छर समातेर हरण गर्न खोजेको हो ? नेपाली कांग्रेसले आफ्नो राजनीति गोविन्द केसी मार्फत गर्न पर्ने ठाउमा पुगिसकेको हो ? कांग्रेस यति निम्छरो, यति कमजोर, यति एजेण्डा विहिन, यति अलोकतान्त्रिक भईसकेको हो ? ”

आफ्नो कुनै एजेण्डा नभएपछि कांग्रेस गोविन्द केसीको माग पुरा गर भन्दै सम्पुर्ण तोडफोडमा उत्रिएको दावी गरे। उनले भने “मेरो दृष्टिमा कांग्रेस अब सिद्धियो । अब कांग्रेसको अवसानको बाटो हो यो कांंग्रेसको यही बुद्धि हो यही तरीका हो भने कांग्रेस अब इतिहासको विषय बन्न धेरै दिन लाग्दैन । ”

लोकतन्त्रवादी भन्ने सरकारको समयमा डाक्टर गोविन्द केसी सबै भन्दा बढी अनसन बसेको उल्लेख गर्दै उनले तात्कालिन समयमा किन माग सम्बोधन नगरेको भन्दै प्रश्न गरे। उनले भने “डाक्टर गोविन्द केसी अनसन बस्नुहुन्छ। यो नेपाली समाजले पचाईसकेको छ। उनको कामै अनसन बस्ने हो । उहाँ बसिरहनुहुन्छ । ”

अध्यक्ष दाहालले कांग्रेसले डाक्टर केसीको जीवनरक्षामा भन्दा लाशमाथि राजनीति गर्न खोजेको आरोप लगाए। उनले भने “उहाँको जीवनरक्षा गर्ने दायित्व सरकारको हो तर अर्को पक्ष उहाँको जीवनरक्षा प्रति गम्भीर छैन । तथाकथित लोकतान्त्रिक भन्ने तागत सायद उहाँको हत्या गर्न चाहन्छ र लाशको राजनीति गर्न चाहेको हो कि भन्ने प्रश्न गम्भीर रुपले खडा भएको छ । ”

अध्यक्ष दाहालले सरकार अब दश गुणा शक्तिका साथ अघि बढ्ने भन्दै त्यसको तागत हेर्न चेतावनी दिनुभयो । उनले भने “हेर्नुहोला १० गुणा शक्तिको साथ हामी पनि अघि आउँछौ, हामी एकताको प्रारम्भीक चरणमा छौ हामीले अभियान चलाउन सिंगै बाँकी नै छ । हामी तल जादैछौ । हामी जनतामा जादैछौ । हेर्नुहोला । त्यसबाट के निस्कन्छ ? यो के तागत हो भन्ने कुरा ।”

विगतमा कम्युनिष्ठ गठबन्धन विरुद्ध एकजुट भएको शक्ति नै अहिले वर्तमान सरकारलाई कहि न कहिबाट बद्नाम गर्ने नियोजित कसरतमा लागेको उनको भनाई थियो। इतिहासमा विगतदेखि अहिले सम्मका क्रान्तिका अनुभवले प्रत्येक क्रान्ति पछि पराजित भएको बर्ग समयुदाय वा शक्ति अझै ठुलो प्रतिक्रान्तिका लागि तयार रहने भएकाले क्रान्तिको उपलब्धीको रक्षा गर्ने काम कठिन भएको विर्सन नहुनेमा उनले जोड दिए। पराजित बर्गले प्रतिक्रान्तिका लागि १० औ गुणा तागत लगाउने भएकाले क्रान्ति पछिको प्राप्तीलाई बचाईराख्नु चुनौतिपुर्ण रहेको भन्दै उनले त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए।

विगतमा लोकतान्त्रिक भन्ने पार्टीका कयौ अलोकतान्त्रिक क्रियाकलाप देखेको स्मरण गर्दे उनले दुई तिहाई सरकारलाई काम गर्न नदिनका लागि विभिन्न किसिमका कु–प्रचार गरिएको दाबी गरे।

प्रतिक्रिया