२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धनको लागि क्यालिफोर्नियामा “हामी नेपाली परेड- २०१९ ” हुने

1510 Shares
Spread the love
काठमाडौँ । धर्म,जातीयता र राजनीतिबाट मुक्त अन्तर्राष्ट्रिय संस्था “हामी नेपाली ग्लोबल”ले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने उद्धेश्यले नाभेम्बर २३ तारिखमा क्यालिफोर्नियाको सान्फ्रान्सिकोमा “हामी नेपाली परेड- २०१९ ”हुने भएको छ।
 
आयोजना हुने कार्यक्रममा नेपालको पहिचान झल्कने वहुसाँस्कृतिक झाँकी सहित मौलिक नाचगान प्रदर्शनी गरिने हामी नेपाली परेडका सचिव रोशन अधिकारीले जानकारी दिए ।
 
बैठकमा कार्यक्रम आयोजना समितिको अध्यक्ष यज्ञलाल श्रेष्ठलाई हामी नेपाली परेडको अध्यक्षका रुपमा चयन गरिएको छ । कार्यक्रम संयोजकमा प्रकाश लामा, सदस्य सचिवमा संचारकर्मी अमृत कुँवर, सञ्चार बिभाग संयोजक केश बहादुर कार्की, अतिथी सत्कार र नेपाली भाषामा ड्राइभर लाईसेन्सको संयोजक सुरेन्द्र मल्ल, सांस्कृति बिभाग संयोजक निर्मल फुयाँल, लगाएतको समिति चयन गरिएको छ।
 
उक्त कार्यक्रमको तयारी र रणनीति बनाउनका लागी मंगलबार हामी नेपाली ग्लोबलका उपाध्यक्ष टेक वाइवा लामाको अध्यक्षतामा बसेको बैठकमा हामी नेपाली ग्लोबलका संस्कृति विभाग प्रमुख बिन्दु सापकोटा निरौला र विभिन्न संघ संस्थाका पदाधकारी, समाजसेवी संचारकर्मी, बुद्धिजिवी लगायतको सहभागीता रहेको थियो ।
 
विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको हामी नेपाली ग्लोबलले विश्वका ४० भन्दाबढि मुलुकहरुमा हामी नेपाली ग्लोबलको सञ्जाल छन् , मलेसिया, कतार , दुबई , जोडर्न, बहराइन, लेवलान,ओमन ,लण्डन, स्विडेन , माल्टा , साइप्रस, इजरायल ,पोर्चुगल ,मकाउ, इराक , साउदी ,पोल्यान्ड ,अष्ट्रेलिया, यी देश लगायत विश्वभर आफ्ना च्याप्टर गठन लगत्तै हामी नेपाली ग्लोबलको प्रथम अन्तराष्ट्रिय सम्मेलन गरिने संस्थाले जानकारी दिए ।

प्रतिक्रिया