पोर्चुगल, २१ अगष्ट । गैर आवासीय नेपाली संघ पोर्चुगलको आगामी नयां नेतृत्वका लागि तिलक गैरेले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
हाल बरिष्ठ उपाध्यक्ष समेत रहेका गैरेले यही अगष्ट २५ मा हुने सातौं राष्ट्रिय अबिधेशनमा आगामी (२०१९–०२१) कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
एकता, सद्भाव र सहकार्यको मूल नारालाई अगाडी सार्दै समावेशी र लोकतान्त्रीक प्यानलको नेतृत्व गर्दै गैरेले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
सामूहिक र समाबेशी नेतृत्वको अवधारणा सहित एनआरएन पोर्चुगललाई सबैको साझा संस्थाका रुपमा स्थापीत गराउने अभियानका साथ आगामी नेतृत्वका लागि आफ्नो उम्मेदवारी रहेको गैरेले बताए ।

एनआरएन पोर्चुगललाई सबल, सक्षम र सशक्त बनाउदै उत्कृष्ट एनआरएन बनाउने ठोस योजना र कार्यक्रमका साथ आफू चुनावी मैदानमा होमिएको उनले बताए ।
संघको नेतृत्व तहमा रहेर सामाजिक गतिबिधीमा सकृय रहदै आएका गैरेले क्षमता, अनुभव र योगदानका आधारमा आफू नै नेतृत्वका लागि उपयुक्त र सक्षम पात्र रहेको दाबी समेत गरेका छन् ।
“अधिकांश साथीहरुको चाहना र अग्रजहरुको साथ, सर्मथन पाएकै कारण संघको नेतृत्वका लागि चुनाबी मैदानमा होमीएको हो ।, –गैरेले भने ‘म कुनै स्वार्थ र अवसरका लागि नेतृत्वमा आउन लागेको होईन ।, निस्वार्थ समाजसेवाको भावना र मैले आर्जन गरेको ज्ञान, सिप र अनुभवलाई संघमा लगानी गरेर एनआरएन पोर्चुगललाई संस्थागत रुपमा बलियो र मजबुद बनाउनका लागि हो ।” गैरेले अगाडी थपे, – एनआरएन पोर्चुगललाई बिश्वकै नमुना एनआरएन बनाउने लक्ष्यका साथ काम गर्ने मेरो योजना छ ।
गैरेले आफ्नो प्यानलका उम्मेदवारहरु क्षमतावान, अनुभवी र उर्जाशीलका साथै पूर्ण समाबेशी समेत रहेको बताए ।
मिलनसार, सहयोगी, शालीन, सरल र भद्र ब्यक्तित्वका रुपमा आफ्नो पहिचान बनाएका गैरेले एनआरएन पोर्चुगललाई संस्थागत सुधार गरेर नयां ढंगबाट अगाडी बढाउने सोंच र संंकल्प गरेका छन् ।

भाषाकै कारण धेरै नेपालीहरुले समस्या भोग्नुपरेको बताउंदै गैरेले आफू भाषा अनुवादकका रुपमा समेत काम गरेको र नेपालीहरुलाई समस्या पर्दा अध्यागमन कार्यालयम सम्म पूगेर सहयोग गर्दै आएको बताए ।
एक पटकको नेपाली सधैंको नेपाली भन्ने नारालाई सार्थक बनाउंदै संघको थप क्रियाशीलता र गतिशिलताको लागि आफ्नो उम्मेदवारी रहेको गैरेको भनाई छ ।
२००८ देखि पोर्चुगल बस्दै आएका गैरे २००८ देखि नै संघसंग आबद्ध हुदै (२०१३–०१५) मा लेखा संयोजक भएर काम गरेको, (२०१५–०१७) मा सल्लाहकारको भूमिकामा रहेर काम गरेको बताए ।
बरिष्ठ उपाध्यक्ष भई काम गरेको र अध्यक्षको अनुपस्थितीमा कार्यबाहक अध्यक्षको रुपमा समेत जिम्मेवारी निर्वाह गरिसकेको बताउदै गैरेले आगामी नेतृत्वका लागि आफू नै योग्य र क्षमतावान रहेको जिकीर गरे ।
नवलपुर समाज पोर्चुगलका सल्लाहकार रहेका गैरे बाग्लुङ समाज पोर्चुगलका समेत सल्लाहकार हुन् । नवलपुर गैंडाकोटका गैरे नेपाल रहंद समेत बिभिन्न सामाजिक गतिबिधीमा सकृय रहेका थिए ।
गैरे नेतृत्वको प्यानलबाट दुई आईसिसी सदस्यमा नारायणकाजी थापा मगर र रबिन आधिकारी, बरिष्ठ उपाध्यक्षमा भिमसेन थापा, दुई उपाध्यक्षमा अशोक गुरुङ र मछिन्द्र अर्याल, महासचिवमा प्रकाश कडरीया, कोषाध्यक्षमा बिक्रम जंग कुंवर र युवा संयोजकमा दिनेश भण्डारी लगायतका उम्मेदवारहरु रहेका छन् ।
एनआरएन पोर्चुगलमा तिलक गैरे नै किन ?
१. संघलाई संस्थागत रुपमा सशक्त, सक्षम र बलियो बनाउन ।
२. बिश्वकै नमुना एनआरएन र उत्कृष्ट एनआरएन बनाउन ।
३. पोर्चुगलमा नेपाली दूतावास र नेपालमा पोर्चुगलको दूतावास स्थापनाका लागि पहल गर्न।
४. नव आगन्तुक नेपालीहरुका लागि कागजी प्रकृयालाई सहज बनाउनका लागि कानुनी सहायता कक्ष ‘हेल्प डेस्क’ को स्थापना गर्न ।
५. भैपरी आउने समस्यालाई मध्येनजर गरेर ‘आकस्मीक राहत कोष’ को स्थापना गर्ने र कोष बृद्धीको लागि पहल गर्न ।
६. नव आगन्तुक नेपालीहरुका लागि पोर्चुगिज भाषा कक्षाको सञ्चालन गर्न ।
७. नेपालको पर्यटन प्रबृद्र्धन गर्न, नेपाल र नेपालीको बिषयमा जानकारी दिन र प्रचार प्रसार गर्नका लागि ‘नेपाल हाउस’ को स्थापना गर्न ।
८. समस्यामा परेका नेपालीहरुको उद्धार, राहत र समस्या समाधानका लागि सम्बन्धीत निकायसंग बिशेष पहल र समन्वय गर्न ।
९.राजधानी लिस्बन बाहिर बिभिन्न क्षेत्रमा रहेका नेपालीहरुको समस्या समाधान र कागजी प्रकृयाको सहजताका लागि कानुनी सहायता र सहजीकरण गर्न ।
१०. नेपाली कला र लोक संस्कृतीको संरक्षण, सम्बृद्धन र प्रबृद्र्धनका लागि ‘नेपाल फेस्टीबल’ लाई निरन्तरता दिन
११. संघको कार्यालयलाई अझै ब्यबस्थीत र प्रभावकारी ढंगबाट सञ्चालन गर्न ।
१२. कृषी क्षेत्रमा कार्यरत नेपालीहरुमा देखिएका समस्या समाधान र बेरोजगार नेपालीहरुलाई रोजगारीका लागि पहल र समन्वय गर्न ।
१३. नेपाली बालबालिकाहरुको बाहुल्यता रहेको यहांको सरकारी बिद्यालयमा ऐच्छिक नेपाली बिषय अध्यापन गराउनका लागि पहल गर्न ।
१४. पोर्चुगलमा क्रियाशील नेपाली संघ संस्थाहरुसंग समन्वय र सहकार्य गर्न ।
१५. प्रवासी नेपालीहरुका समग्र मुद्धालाई जोडदार रुपमा उठाउन ।