लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आगामी कार्यकालका लागि आकांक्षीहरुले उम्मेदवारी दर्ता गरेको छन् । आगामी सेप्टेम्बरमा हुने एनआरएनए युकेको नवौँ अधिवेशनका लागि व्यवसायी कमल पौडेलले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
संस्थामा इमान्दारीपूर्वक काम गर्ने मेरो संकल्प तथा साथीभाई अनि अग्रजहरुको सल्लाह बमोजिम उम्मेदवारी उम्मेदवारी दर्ता गरेका उनले बताए । ‘अहिले परिस्थिति अनुकूल भएको र साथीभाइहरुले पनि कार्यसमितिमा बस्न अनुरोध गरेकाले उम्मेदवार बनेको हुँ,’ पौडेलले भने ।
पौडेलले उपाध्यक्षमा निर्वाचित भएमा एनआरएनको सदस्यतालाई व्यवस्थित पार्ने, एनआरएनलाई सबै नेपालीको सहभागिता र अपनत्व कायम गराउन कोशिस गर्ने र एनआरएनको सम्पत्तिमाथिको अधिकारलाई स्थापित गराउन पहल गर्ने बताए । उनले आफूले कुनै समूहमा उम्मेदवारी नदिएको पनि दाबी गरेका छन् ।
को हुन् पौडेल ?
पौडेल अहिले लण्डनबाट आइएमई मनी ट्रान्सफर सञ्चालन गर्ने गर्छन् । उनको बेलायत र नेपालमा विभिन्न व्यवसायमा लगानी छ । सन् २००१ मा अध्ययनका लागि युके आएका पौडेलले सन् २००३ देखि आइएमइ मनी ट्रान्सफर चलाउँदै आएका छन् । यसबाहेक उनको इन्भेष्टभेष्ट कम्पनी, व्यवस्थापन कम्पनी, प्रोपर्टी व्यवसायमा लगानी छ । उनी आएमइ ग्लोबल होल्डिंग्स युके र नेपाल जीएफडिआइ युकेका पनि निर्देशक छन् ।
यसैगरी, नेपालमा आइएमई लाइभ इन्स्योरेन्स, ग्लोबल आइएमई बैँक, हाथवे फाइनान्स, आइएमई कोअपरेटिभ, हाथवे इन्भेष्टमेण्टअन्तर्गत हाइड्रो आदिमा लगानी छ । पौडेल एनआरएनए युकेको दुई कार्यकालदेखि सल्लाहकार छन् ।
नेपालको बाग्लुङमा जन्मिएका पौडेल विदेशमा रहेका नेपालीहरूको साझा संगठनका रूपमा रहेको गैरआवासीय नेपाली संघ युकेको कार्यसमिति मा रहेर आफुले काम गर्ने इछ्या रहेको बताए । उपाध्यक्ष पदका उम्मेदवार पौडेलले एनआरएन यूकेको सदस्यताका लागि सबैलाई अपील समेत गरेका छन् ।