२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

आइसीसी सदस्यमा ललित कुमार न्यौपानेले दिए उम्मेदवारी

2009 Shares
Spread the love

लण्डन । एनआरएन यूकेको चुनावी मैदानमा ललित कुमार न्यौपाने पनि उत्रिएका छन् । वर्तमान कार्यसमिति उपाध्यक्ष समेत रहेकी न्यौपानेले अबको चुनावमा आइसीसी सदस्यमा  उम्मेदवारी दर्ता गरेका छन् ।

आइतबार उम्मेदवारी मनोनयनका लागि निर्धारित समयमा  न्यौपानेले आइसिसी सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् ।

एनआरएनए युकेमा एक दसक देखि संग्लग्न न्यौपाने एक कार्यकाल केन्द्रिय सदस्य ,एक कार्यकाल सह कोषाध्यक्ष एबम बिजिनेस बिभाग संयोजक ,एक कार्यकाल उपाध्यक्ष तथा राज्य व्यवस्था विभागका संयोजक भै सक्रिय रुपले आफ्नो जिम्बेबारी कुसलता पुर्बक निर्वाह गर्दै आएका छन । अध्यक्षहरु योगेन क्षेत्री ,महेन्द्र कंडेल ,मुछेत्र गुरुङ ,योग कुमार फगामी को कार्यसमितिमा रही काम गरिसकेका न्यौपाने एनआरएनए युकेमा एक परिचित व्यक्तिको रुपमा चिनिन्छन । अन्तरास्ट्रिय झापाली समाजका ग्लोबल उपाध्यक्ष समेत रहेका न्यौपाने अन्तरास्ट्रिय रुपमा बिभिन्न मुलुकका कार्यक्रमहरुमा भाग लिई गैर आबासीय नेपाली संघका धेरै मुलुकमा सम्बन्ध कायम राख्न सफल भएका छन ! धेरै सामाजिक सस्थाहरुमा सहयोग पुर्याउदै आएका न्यौपाने आधा दर्जन भन्दा बढी सामाजिक सस्थाका सल्लहाकार रहेका छन् ।

गैर आबासीय नेपाली संघ बेलायतको इतिहासमा पहिलो पटक वेल्स ,स्कटलेन्ड र नर्दन आएरलेन्ड राज्य समन्वय परिसदहरु गठन गरि बलियो पार्न लागि परेका न्यौपाने बिधान बमोजिम इंगल्याण्ड राज्य समिति पनि गठन गरि गैर आबासीय नेपाली संघका गतिबिधिहरु सबै क्षेत्रमा पुर्याई संघको बारेमा जन स्तरमा जानकारी गराउन कटिबद्ध छन । त्यसैले गर्दा वेल्स,स्कटलेन्ड र नर्दन आएरलेन्ड,इंगल्याण्ड राज्य का साथै बाक्लो नेपालीको बसोबास भएको साउथ इस्ट लन्डन क्षेत्रबाट उम्मेदवारी घोसणा गरेकाले न्यौपानेको पकड बलियो रहेको देखिन्छ ।

एमए बिएल सम्म अध्ययन गर्नु भएका न्यौपाने समाजका बिकृति विसंगति बिरुद्ध व्यंग गर्दै साहित्य सिर्जना गर्ने साहित्यिक बौद्धिक व्यक्तित्वोको रुपमा समेत परिचित छन् । करिब १५ बर्ष अघि हाइली स्किल माईग्रेसन प्रोग्राम अन्तर्गत बेलायत आएका न्यौपाने युरोपको नेपाली पत्र र सम्वृद्धि रियल ईष्टेटका बजार निर्देसक रहेका छन् । उनका नेपाल र बेलायतमा बिभिन्न ब्यबसायहरु संचालनमा छन् । सक्षम,इमान्दार ,अनुभबी र बौद्धिक व्यक्तिको रुपमा देखा परेका न्यौपाने आइसीसी सदस्यको बलियो प्रतिस्पर्धीको रुपमा देखिएका छन् ।

प्रतिक्रिया