२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

संघलाई आर्थिक रुपमा सबल र सक्षम बनाउन मेरो उम्मेदवारी : बिक्रम कुवंर

1637 Shares
Spread the love

पोर्चुगल । गैर आवासीय नेपाली संघ पोर्चुगलको आगामी कार्यकालका लागि युवा ब्यबसायी बिक्रम जंग कुवंरले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

यही २५ अगष्टमा हुने संघको सातौं राष्ट्रिय अधिबेशनका लागि बर्तमान कार्यसमिति सदस्य समेत रहेका कुवंरले आगामी (२०१९–०२१) कार्यकालका लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

संघलाई आर्थिक रुपमा सबल र सक्षम बनाउँदै ‘आकस्मीक राहत कोष’ को स्थापना गर्ने बिशेष योजना र कार्यक्रमका साथ आफूले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको कुवंरले बताए ।

संघको अनावश्यक खर्च कटौती गर्दै कोषलाई पारदर्शी, मितब्ययी र जवाफदेही ढंगबाट सञ्चालन गर्ने प्रतिबद्धताका साथ आफू चुनावी मैदानमा होमिएको उनले बताए ।

संघमा आबद्ध भएर काम गरिसकेको र अन्य संघ संस्थामा रहेर काम गरेको अनुभवका आधारमा आफू नै कोषाध्यक्ष पदका लागि सक्षम र उपयुक्त पात्र रहेको कुवंरको दाबी छ ।

बिगत पांच बर्ष देखि पोर्चुगल बस्दै आएका कुवंर बिभिन्न संघसंस्थामा आबद्ध भई सामाजिक कार्यमा समेत सकृय रहदै आएका छन् ।

अन्र्तराष्ट्रिय पवर्त समाजका केन्द्रीय सदस्य समेत रहेका कुवंर पर्वत समाज पोर्चुगलका बर्तमान उपाध्यक्ष समेत हुन् ।

पर्वत रानीपानीका कुवंर पोर्चुगलमा ट्राभल तथा टुर ब्यबसायीका रुपमा परिचित छन् ।

प्रतिक्रिया