२०८१, १३ जेष्ठ आईतवार
×

ट्रेन्डिङ

कुनै बेला करोडौं कमाउने हिरोइन अहिले भइन् कंगाल, सडकमा गर्नुपर्यो यस्तो काम

1642 Shares

एजेन्सी। आफ्नो बोल्ड स्टाइलका कारण रातारात चर्चा बटुल्ने बलिउड हिरोइन मल्लिका शेरावतको आर्थिक हालत पछिल्लो समय बिग्रिँदै गएको छ । ‘मर्डर’ स्टार मल्लिकाले केही समयअघि पेरिसमा रहेको फ्ल्याट पैसा तिर्न नसकेर छोड्नु परेको थियो । अहिले उनको एक तस्वीर सार्वजनिक भएको छ । यो फोटो हेरेर विश्वास गर्नै कठिन हुन्छ कि कुनै बेला करोडौं कमाउने हिरोइनको हालत यस्तो भयो ।

मल्लिकाको फोटो सार्वजनिक भएपछि सुरुमा त विश्वासै भएन । कुनै बेला करोडौं कमाउने र आफ्नो रुपका कारण दर्शकको मनमा राज गर्ने मल्लिका मुम्बइको सडकमा एक बरफको ठेलाअगाडि उभिएकी थिइन् र बरफको गोला खाँदै थिइन् । आश्चर्यको कुरा त यतिबेला उनको नजिक कुनै फ्यान थिएनन् जसले उनलाई चिन्न सकुन् । समयको कुरा हो कि कुनै बेला फ्यानले घेरिने मल्लिका आज सडकमा उभिएकी थिइन् र कसैले उनलाई चिन्न सकेनन् ।

यसअघि मल्लिका र उनका ब्वाइफ्रेण्ड सिरिलले पेरिसमा रहेको आफ्नो फ्ल्याटको लागि ८० हजार युरो अर्थात करिब १ करोड नेपाली रुपैयाँ भाडा तिर्नुपर्ने थियो । तर, दुवैले यो भाडा तिर्न सकेनन् । त्यसपछि फ्रान्सको एक अदालतले उनीहरुलाई घर खाली गर्ने आदेश दिएको थियो । उनका वकिलका अनुसार मल्लिका र सिरिल यतिबेला आर्थिक अभावसँग जुधिरहेका छन् ।

यद्यपि मिडियामा खबर आएपछि मल्लिकाले यो कुरा खलत भएको ट्वीटरमार्फत बताएकी थिइन् । उनले फ्रान्समा आफ्नो कुनै फ्ल्याट नभएको बताएकी थिइन् । मल्लिाकाले फ्रेन्च ब्वाइफ्रेण्डसँग बिहे गरेको हल्ला पनि कैयौं पटक चलिसकेको छ । यस विषयमा उनले एकपटक सामाजिक संजालमा ‘हल्ला फैलाउन बन्द गर्नुस् यो सत्य होइन’ भनेर लेखेकी थिइन् । मल्लिकाले फिल्ममा आउनुभन्दा पहिले १९९७ मा सेनाका क्याप्टेन कर्ण गिलसँग विवाह गरेकी थिइन् । २००१ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो ।

प्रतिक्रिया