भरत प्रधान लिस्बन, ३१ साउन । नेपाली महिला समाज पोर्चुगलले तीज बिशेष कार्यक्रम गर्ने भएको छ ।
नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर समाजले यही अगष्त १८ तारिख आईतबारका दिन तीज बिशेष कार्यक्रम गर्ने भएको हो ।
राजधानी लिस्बन स्थित मार्तिम मुनिज पार्कमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको समाजले जनाएको छ ।
नेपाली कला र लोक संस्कृतीको संरक्षण, संम्बृद्धन र प्रर्बद्धन गर्ने तथा प्रवासमा रहेका नेपाली दिदीबहिनी र दाजुभाईहरु बिचको भावनात्मक एकतालाई प्रगाढ बनाउने उद्धेश्यले तीज बिशेष कार्यक्रमको आयोजना गरिएको समाजकी अध्यक्ष निर्मला खराल ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाका ख्याती प्राप्त कलाकारहरुबाट बिशेष सांगितीक प्रस्तुती रहने उहांले बताउनुभयो ।
कार्यक्रममा उपस्थीत हुन पोर्चुगलबासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई समाजले बिशेष आग्रह समेत गरेको छ ।