२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

माओवादी हिंसामा टुहरा बनेका बाल बालिकालाई दक्षिण क्यालिफोर्नियाका नेपालीहरुको सहयोग

1211 Shares
Spread the love

लस-एन्जलस ।     मातृभूमि नेपालले माओवादी द्वन्दकालमा ब्यहोरेको हिंसा र विद्रोही पक्षद्वारा अभिभावक गुमाएका बाल बालिकाहरुलाई आश्रय दिने सामाजिक अभियन्ता राजन विश्वकर्माले स्थापना गर्नु भएको डेभिड राजन मेमोरियल अन्तराष्ट्रिय विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सहयोगार्थ दक्षिण क्यालिफोर्नियाका नेपालीहरुले एक लाख दश हजार नेपाली रुपियाँ सहयोग प्रदान गरेका छन् ।

हामी नेपालीका अन्तराष्ट्रिय उपाध्यक्ष टेक लामा ‘वाइबा’को पहलमा अमेरिका भ्रमणमा रहनु भएकी नेपाल दलित महिला उत्थान केन्द्रकि अध्यक्ष राजन विश्वकर्माको स्वागतमा आयोजित सम्मान कार्यक्रममा लस-एन्जलसका अगुवा नेपालीहरुले उक्त रकम सहयोग स्वरुप प्रदान गरेका हुन् । तामांग सोसाइटी र गैर आवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरको संस्थागत पहलमा आयोजित सम्मान कार्यक्रममा उक्त सहयोग रकम संकलन गरिएको हो ।

अगुवा समाजसेवी एवं हामि नेपालीका अन्तराष्ट्रिय उपाध्यक्ष टेक लामाले माओवादी द्वन्दकालमा अभिभावक गुमाएका बाल बालिकाहरुलाई लालन, पालन, भरण पोषण गर्दै शिक्षित नागरिक बनाउने नेपाल आमाकी सुपुत्री राजन विश्वकर्माको सेवा परमो धर्मको अभियानमा लस-एन्जलसको नेपाली समुदायका सहयोगी हातहरुलाई जोड्ने कार्यको संयोजन गर्न पाउनु यस क्षेत्रमा बसोबास गर्ने गैर आवासिय नेपालीको लागि मातृभूमि सेवाको अपूर्व अवसर भएको बताए । लामाका अनुसार निकट भविष्यमै उहाँले हिंसा र द्वन्द पिडित डेभिड राजन मेमोरियल अन्तराष्ट्रिय विद्यालयमा अध्यनरत विद्यार्थीहरुको स्थलगत भ्रमण गरि सेवा परमो धर्मको अभियानमा लस-एन्जलसको नेपाली समुदायलाई निरन्तर साझेदार बनाउने बताउनु भयो ।

अमेरिका भ्रमणमा रहनु भएकी नेपाली छोरी राजन विश्वकर्माले विद्रोही पक्षद्वारा अभिभावक गुमाएका बाल बालिकाहरुलाई आश्रय दिने दायित्व राज्यको भएपनि त्यतिबेला माओवादीको डर र त्रासकाका कसैले पहल नगरेपछि आफुले टुहुरा बालबालिका को हितमा यो अभियान सुरु गरेको तर अन्तराष्ट्रिय दाता र बृहद शान्ति संझौताले समेत उनीहरुलाई संबोधन नगरेको र उनीहरुको लागि संस्थागत सहयोगको लागि पहल गर्न आफुले नेपाली अमेरिकन समुदायलाई आग्रह गर्न अमेरिका भ्रमण गरेको बताउनु भयो ।

लस-एन्जलसका सहयोगी मनहरुको तर्फबाट नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि हेमराज भट्ट, एनआरएनए अभियन्ता दिल श्रेष्ठ, समाजसेवी श्री लक्ष्मण अधिकारी , श्री पशुपतिनाथ बुद्ध मन्दिरका उपाध्यक्ष रामबाबु पाण्डे, एनआरएनए क्यालिफोर्निया च्याप्टर उपाध्यक्ष कर्ण चन्द, महिला संयोजक अमृता गैरे, कोषाध्यक्ष सम्सेर भण्डारी, समाजसेवी कृष्ण कोइराला, अन्तराष्ट्रिय साहित्य समाज क्यालिफोर्निया च्याप्टरका अध्यक्ष डन बहादुर कार्की, कलाकार सुरज श्रेष्ठ, ब्याबसायी एकदेव शर्मा पौडेल, समाजसेवी, केशर लामा, पत्रकार इ कुमार श्रेष्ठ, एफ वन ग्रुपका अध्यक्ष विश्व सुवेदी, पत्रकार डोल्मा लामाले हिंसा पिडित बाल बालिकाहरुको शिक्षाको लागि सहयोग प्रदान गरेका थिए । हामी नेपालीका अन्तराष्ट्रिय उपाध्यक्ष टेक लामा ‘वाइबा’को सौजन्य र आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम शहकर्मी पत्रकार रोशन अधिकारीले संचालन गरेको थियो ।

प्रतिक्रिया