२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

मिस नेपाल नर्थ अमेरिकाको फाईनल अगष्ट १७ मा न्युयोर्कमा हुने

924 Shares
Spread the love

अमेरिका –  मिस नेपाल नर्थ अमेरिकाको दोस्रो संसकरणको ग्रयाण्ड फाईनल अगष्ट १७ मा हुने भएको छ ।
यूएनएनएटि इन्टरनेशनल एण्ड ड्रिम्स युनिर्भसलको आयोजना मा टप १७ ले फाइनलमा प्रतिस्पर्धा गर्दै छन् ।

हामी नेपाली ग्लोबलको बोर्ड सदस्य समेत रहेका शैलेन्द्र श्रेष्ठ सहीत संस्थापक सदस्यहरू निराकार उप्रेती र लाक्पा तामाङ्ग सहीतको टिम उक्त कार्यक्रमलाई भव्य बनाउने तयारीमा रहेको छ ।

कार्यक्रम यहि अगष्ट १७ मा मेलरोज वालरुम,न्यूयोर्कमा साँझ ७.०० बजेबाट संचालन हुने आयोजकले जानकारी दिएको छ । उक्त फाईनल कार्यक्रममा सहभागी हुन पूर्व मिस नेपाल सृङ्खला खतिवडा अमेरिका पुगिसकेकी छन् भने अन्य विविध विधाका कलाकार हरुले समेत आफ्ना प्रस्तुती दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई भव्य रुपमा सफल पार्न सहभागी भएर सहयोग गरीदिनुहुन समेत आयोजकले आग्रह गरेको छ ।

प्रतिक्रिया