२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कतारमा नेपाली नागरिकमाथि आक्रमण : एक जनाको मृत्यु

1254 Shares
Spread the love

काठमाडौं – कतारको दोहास्थित जैदा पार्कमा नेपाली नागरिकमाथि सांघातिक हमला भएको छ। हमलामा एक नेपालीको मृत्यु भएको र अन्य पाँच घाइते भएको दोहास्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासले घटनाको भोलिपल्ट बुधबार विज्ञप्ति जारी गरी मृतक सुनसरीका तवरेज अन्सारी भएको जनाएको छ। अन्सारीको शव अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि हमाद अस्पतालको शवगृहमा रहेको विज्ञप्तिमा छ।

दूतावासका अनुसार घाइतेमध्ये उमर अन्सारी गम्भीर अवस्थामा सोही अस्पतालको सघन उपचार कक्षमा उपचाररत रहेको, इब्राहिम अन्सारी र नौसाद अन्सारी खतरामुक्त छन्। घाइते सबै सुनसरीका हुन्।

घटनामा संलग्न केहीलाई कतार प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ।

प्रतिक्रिया