२०८३, ४ बैशाख शुक्रबार
×

ट्रेन्डिङ

दुई कोरियाली मुलुकबीचको युद्धलाई यसवर्षभित्र अन्त्य गर्ने तयारी

3050 Shares
Spread the love

सोल, दक्षिण कोरिया । दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोमबार सोल छ दशक लामो कोरियाली युद्धलाई क्रमशः तर यसै वर्षमा अन्त्य गरिने बताए।

तर प्रारुप तथा विशेष समयका लागि ‘लचिलो’ बन्नु आवश्यक भएको उनले बताए। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग टेलिफोनमा कुराकानी गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै काङले भने, शान्ति सम्झौताको मध्यस्थता गर्न र आवश्यक प्रक्रियाका लागि उत्तर कोरिया र अमेरिकासँग परामर्श गरेर अघि बढिने उनको भनाई रहेको दक्षिण कोरियाली समाचार संस्थाले जनाएको छ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँगको परामर्श र उत्तर कोरियाली नेतासँगको शिखर सम्मेलनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन १९५०-५३ मा दुई कोरियाबीच भएको युद्धको औपचारिक अन्त्य गर्न प्रतिवद्ध रहेको काङले बताए।

दक्षिण कोरियाका विदेश मन्त्रीले उत्तर कोरियाली समकक्षी रि योङ होसँग ‘आसियन रिजनल फोरम’ मा भेटवार्ता हुने विश्वास व्यक्त गरेका छन्।

जुन कार्यक्रम आउदो अगष्टको सुरुमा हुन लागेको छ। काङले ट्रम्प र किमको हटलाईन सेवालाई थप अगाडी बढाउने विषयमा पनि छलफल हुन लागेको स्पष्ट पारे।

गत हप्ता ट्रम्पले आफ्नो सिधा टेलिफोन नम्बर उत्तर कोरियाका सर्वोच्च नेता किमलाई दिएको बताएका थिए। “मैले उनलाई सिधै फोन गर्न सक्छु, उनलाई मेरो सिधा सम्पर्क नम्बर पनि दिएको छु, उनले कुनै अप्ठ्यारो महसुस भएमा फोन गर्न सक्नेछन्।

हामी अब सञ्चार सम्पर्कमा रहने छौं,” अमेरिकी राष्ट्रपति ट्रम्पले भने। ट्रम्प र किम बीच यही जुन १२ तारिखका दिन पहिलो पटक सिंगापुरमा शिखर वार्ता भएको थियो।

प्रतिक्रिया