बलिउड गायक मिका सिंह आफनो गायिकीसंगै सबैभन्दा धेरै बिवादमा पर्ने सेलिब्रेटी हुन् । कहिले चुम्बन काण्ड , कहिले डाक्टरलाई पिटेको काण्ड त कहिले यौन र्दुव्यवहार गरी जेल बस्नु परेको काण्ड उनी निकै बिवादमा आए । उनको नाम चर्चित गीत र काण्ड पर्याय नै बनिसकेको छ । यसबीच मिका सिंहले बहिष्कारको सामना गर्नु परिरहेको छ । जम्मू कश्मीरको विषेशाधिकार खारेज भएसंगै भारत पाकिस्तानबीच सम्बन्ध झनै तनावग्रस्त छ । यस्तोमा उनले केही दिन अघि मात्र पाकिस्तानमा गएर आफनो सांगेतिक प्रस्तुती दिएका थिए ।
दुई देशबीच तनावको अवस्था हुँदा पनि उनले पाकिस्तानमा गएर गीत गाएको भन्दै उनलाई अल इण्डिया सिने वर्कर्स एसोसिएशनले कारवाही गर्दै बहिष्कार गर्ने घोषणा गरेको हो । उनीमाथि बहिष्कारको घोषणासंगै संघले उनीसंग सम्बन्धित प्रोडक्सन हाउस , म्युजिक कम्पनी उनको सबै एशोसियएशनलाई बहिष्कार गरेको हो । मिकालाई बलिउडमै प्रतिबन्ध लगाईएको हो । संघले उनीमाथि कारवाही गर्न प्रसारण मन्त्रालयलाई पनि निवेदन गरिएको छ ।

साथै मिकालाई अन्यले पनि बहिष्कार गर्न आग्रह गरिएको छ । देशको यस्तो माहोलमा पनि पैसाको मुख हेरेर पाकिस्तानमा गई गीत गाएको भन्दै उनको आलोचना भईरहेको बेला संघले कारवाही गरेको हो । उनले अगस्ट ८ मा पाकिस्तानका पूर्वप्रधानमन्त्री परवेज मुशर्रफको आफन्तको बिवाह प्रस्तुती दिएका थिए । जसको भिडियो भाईरल भएसंगै उनी बिवादमा आएका थिए । उनको बिरोधमा राजनीतिक पार्टीले समेत मिकाले पाकिस्तानको भिजा कसरी पाए भन्नेबारेमा छानबिन हुनु पर्ने माग गरिरहेका छन् ।