२०८१, ६ चैत्र बिहीबार
×

ट्रेन्डिङ

नरेन्द्र मोदी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, सांसद खरिद बिक्री भए मोदीलाई खतरा

5122 Shares

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध लोक सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ।  आज मोदीकालागि परीक्षा र अन्य विपक्षी दलकालागि अग्नि परीक्षाको दिन भएको भारतीय संचारमाध्यमले जनाएका छन्। मोदी नेतृत्वको सरकारसँग स्पष्ट बहुमत छ। सरकारसँग बहुमत रहेको थाहा हुँदा हुँदै पनि विपक्षी दलले अविश्वासको प्रस्ताव गर्दा गराएका हुन्। विपक्षले आगामी वर्ष हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सरकारलाई घेराबन्दीमा पार्न अविश्वासको प्रस्ताव गर्दा गराएको संचारमाध्यमले जनाएका छन्।

लोकसभामा निर्वाचित सांसदको संख्या २३५ रहेको छ। मोदी सरकारलाई विश्वासको मत हासिल गर्न २६८ सांसदको आवश्यकता पर्छ। भाजपासँग २७२ सांसद छन्। यस बाहेक भाजपासँग सहयोगी दलका १२ सांसद छन्। शिव सेनाले अविश्वासको प्रस्तावमाथिको छलफलमा  भाग नलिने बताइसकेको छ भने एआईएडीएमका ३७ ले सरकारलाई समर्थन गर्ने भएका छन्।

मोदी सरकारको चार बर्षको कार्यकालमा उनीविरुद्ध पहिलो पटक अविश्वास प्रस्ताव दर्ता भएको हो। लोकसभामा शुक्रबार दिनभर अविश्वास प्रस्तावमाथि छलफल हुनेछ। सांसद खरिदविक्रि भएको खण्डमा मोदीका लागि यो प्रस्ताव खतरा सावित हुनसक्छ। भारतीय राजनीतिमा सांसद खरिदविक्रि सामान्य हो।

लोक सभाकी अध्यक्ष सुमित्र महाजनका अनुसार अविश्वास प्रस्तावमाथिको मतदानका लागि साँझ सवा ६ बजेको समय तोकिएको छ। लोक सभामा लन्चको समय पनि नराखिने भएको छ।

भारतको संविधानअनुसार लोक सेवा अध्यक्षको मञ्जुरीका आधारमा यस्ता प्रस्तावमा बहस हुन सक्नेछन्।  बहस सुरु हुनु अघि प्रधानमन्त्री मोदीले ट्वीस्टरमा संसदीय लोकतन्त्रका लागि अहम् दिन भएको लेखेका छन्। उनले आफ्ना सांसदले साथ दिने विश्वास पनि लिएका छन्।
उता भारतीय कांग्रेससँग भने ६३ सांसद छन् । कांग्रेसका ४८, त्रीणमुल कांग्रेसका ३४, तेलगु देशम पार्टीका १६ सांसद उसका साथमा छन्।

प्रतिक्रिया