भरत प्रधान लिस्बन, २९ साउन । नेपाल प्रेस युनियन संग आबद्ध रही युरोपेली मुलुक पोर्चुगलमा क्रियाशील लोकतन्त्रवादी पत्रकारहरुको प्रथम भेला मंगलबार राजधानी लिस्बनमा सम्पन्न भएको छ ।
बासु सत्यालको अध्यक्षता तथा नेपाली कांग्रेसका प्रबक्ता बिश्व प्रकाश शर्माको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएको हो ।
भेलाले बासु सत्यालको संयोजकत्वमा सात सदस्यीय नेपाल प्रेस युनियन पोर्चुगल शाखाको तर्दथ समिति समेत गठन गरेको छ ।
जसको सदस्यहरुमा प्रबल भट्टराई, यादव देवकोटा, पुनम गौतम, श्याम सुवेदी, अनिल पाण्डे र सुरेश जोशी रहनुभएको छ ।
समितिको सल्लाहकारमा नेपाली जनसम्पर्क समिति पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण बहादुर हमाल, पूर्व अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा, गैर आवासीय नेपाली संघ पोर्चुगलका पूर्व अध्यक्ष रमेश गुरुङ , नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे , गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुबेर कार्की, महासमिति सदस्य चिज कुमार तामाङ, महाधिबेशन प्रतिनिधी सुरेन्द्र अमगाई लगायत रहनुभएको छ ।
कार्यक्रममा नेपाल प्रेस युनियन काठमाण्डौंका पूर्व अध्यक्ष नारायण अर्यालले शाखा गठनको आवश्यकता र औचित्य माथी प्रकाश पार्दै तदर्थ समितिको घोषणा गर्नुभएको थियो ।
यादव देवकोटाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरेले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।