लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आसन्न निर्वाचनको लागि अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका ५ जना मध्य ३ जना ( प्रेम गाहामगर, सुशिला राई र ललित न्यौपाने) चुनावी मैदानमा नजाने र अध्यक्ष पदको लागि सुनारलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
उनीहरुले मंगलवार अल्डरशटमा एक संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उक्त निर्णय सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका प्रत्यासी ललित न्यौपानेले एनआरएनए सानो घेरामा राखेर समाजको हित नहुने वताए । उनले चार जना साथीहरुले मिलेर जाने प्रस्ताव ल्याएको त्यसलाई आफुले स्वीकार गरेको वताए । उनले सक्षम नेतृत्व चयन गर्नु पर्नेमा जोड दिए । उनले आगामी निर्वाचनमा आइसीसी सदस्यमा उम्मेदवारी दिने घोषणा गरे ।
अर्का प्रत्यासी शुसिला राईले आफ्नो उम्मेदवारी फिर्ता लिदैं शेर सुनारलाई सहयोग गर्ने वताउँदै आइसीसी सदस्यमा उम्मेदवारी दिने घोषणा गरिन् ।
अर्का प्रत्यासी प्रेम गाहामगरले दलितजातिबाट एनआरएनको नेतृत्व भएमा पूर्ण समावेशी हुने भएका कारणले शेर सुनारलाई अध्यक्षमा समर्थन गरेको वताए । उनले अध्यक्षको उम्मेदवारीको फिर्ता लिदै पुनः उपाध्यक्षमा उठ्ने जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका प्रत्यासी शेर बहादुर सुनारले सबै जना मिलेर अगाडी बढे मात्र एनआरएन पूर्ण हुने वताए । उनले यसअघि संघले दिएको जिम्मेवारी पुरा गरेको स्मरण गरे । उनले आफ्नो योगदानको कदर गर्दै आगामी निर्वाचन अध्यक्ष पदमा विजयी गराउन आग्रह गरे ।
तीन उम्मेदवारले सुनवारलाई समर्थन गरे संगै सुनारको पक्षमा ९ हजार मत खस्ने नेपालसंसारलाई पत्रकार सम्मेलनमा एक सामाजिक अगुवाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा शसांक शर्मा, नारायण कंडेल, प्रवेश केसी, ओम थापा, एनआरएनएका पूर्व सल्लाहकार विश्वआर्दश पण्डित लगायतले शुभकामना दिए ।
१४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि निर्णायक शक्तिको रुपमा रहेको मिडल्याण्डवासीले १२ सय सदस्य सहित अध्यक्षकी प्रत्यासी पुनम गुरुङलाई सहयोग गर्ने घोषणा गरे पनि मिडल्याण्डबसीहरुले सो घोषणा को बिरोधमा रहेकाले शेर शुनरलाई नै मत हाल्ने मिडल्याण्डवासी कृष्ण पौडेलले बताए ।
सोमबार साँझ मात्र मिडल्याण्डबाट चुनाब लड्ने उम्मेदवारीहरु र पुनम गुरुङ पक्षले लिखित रुपमा चार बुँदे सम्झौतामा हस्ताक्षर गरे ता पनि एनआरएन बिधान बिपरित गरेको सो सम्झौता पत्र सार्बजनिक गरेका छैनन् ।