२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

क्याट यूकेको आयोजनमा मोटीभेसनल स्पिच कार्यक्रम सम्पन्न (फोटो फिचर )

1510 Shares
Spread the love

तस्बिर : बिरेन्द्र नेपाल


लण्डन। प्लमस्टिड स्थित गेसो हलमा  चितवन एड ट्रस्ट (क्याट) युकेको  आयोजनामा मोटीभेसनल स्पिज कार्यक्रम सम्पन्न  भएको छ । संस्थाका अध्यक्ष जिवन सेनको सभापतित्वमा गरिएको  उक्त कार्यक्रम संस्थाका महासचिव टि एन रिजालले संचालन गरेका थिए भने सो कार्यक्रम सफल गर्न  संस्थाका सचिव उपेन्द्र पौडेलले कोडीनेटरको भूमिका निभाएका थिए ।

सो कार्यक्रममा सडकमानव मुक्त नेपाल निर्माण अभियानका अभियान्ता रामजी अधिकारीको प्रमुख आतिथ्यमा र मास्टर इमपावरमेन्ट कोच कृष्ण  गुरुङको बिशेष अतिथी रहेको थियो। क्याट युकेका पूर्व अध्यक्षहरू, कार्यसमितिका सदस्यहरू लगायत क्याट युकेको अग्रज अभियान्ताहरूका साथै साउथईस्ट लण्डनमा स्थापित धेरै नेपाली संघ संस्थाका अध्यक्षहरूका साथै धेरै सामाजिक  अभियान्ताहरूले गर्दा कार्यक्रम हल भरीभराउ थियो ।

निर्धारित समय भन्दा केही समय ढिला सुरू भएको कार्यक्रममा संस्थाका सचिव उपेन्द्र पौडेलले स्वागत मनतब्य दिदै सुरू गरेका थिए ।

नेपालमा भोकै र नाङ्गै  भई सडकपेटी र सार्वजनिक स्थलमा कष्टपुर्ण जीवनयापन गर्न पर्ने अवस्थाको अन्त्य गर्न प्रतिवद्ध मानव आश्रमका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष रामजी अधिकारीले ईश्वर प्राप्तिको पहिलो खुड्किलो भनेकै आमा हुन” “पैसा हुँदा पनि नमात्तिने र पैसा हुदा पनि नआत्तिने “ “ आफ्नो लागी त जसले पनि गर्छ अरूको लागी पनि केही गर्न सके बल्ल जीवनको केही सार हुन्छ” “सदैब सुखले खाना पुगोस खुशीले मानबिय सेवाको कार्यमा योगदान पुगोस”
जस्ता थुप्रै सकारात्मक सोंचको प्रेरणा दिदैं कार्यक्रम हलमा एउटा उर्जा दिएका थिए ।

सिमित स्रोत साधनको प्रयोग र जनमन संकलन अभियानबाटै कुनैपनि वैदेशिक दातृ निकायहरुको सर्त सहितको सहयोग स्विकार नगरीकन देशमा कोहीपनि नागरिक भोकै र नाङ्गै हुनु पर्दैन भन्ने कुराको हरेक नागरिकमा गरिमाबोध गराउनको लागि सकृय अधिकारीले जीवनमा भोगे गरेका अनुभवहरू दर्शक सामु कार्यक्रमको बिच बिचमा भिडियो मार्फत सेयर गरेका थिए भिडियो हेर्दा धेरै मानिसहरुको आँखा रसाईरहेको देखिन्थियो।

त्यस्तै क्याट युके का पूर्ब अध्यक्ष मास्टर इमपावरमेन्ट कोच कृष्ण गुरूगले आफ्नो डर भयलाई  मुक्त गर्दै जिन्दगीलाई सहज बनाउन सकिन्छ भन्दै फुटेको सिसा माथी हिड्ने   “ ग्लास वाक फर माइण्ड पावर” को प्राक्टिकल गरेर प्रेरित गर्नु भयो। वहाँले प्रेरित गराऊँदै  ८ जना सहभागी लाई पनि फुटेको सिसा माथी हिडाउनु भएको थियो।

मानवसेवा आश्रमले गरेका काम बाट प्रेरित हुदै कार्यक्रम स्थानमा स्वस्पुर्त रुपमा धेरैले सहयोग गरेका थिए ।
“एक असहारा एक अभिभारा” अभियानमा पनि धेरैले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

कार्यक्रममा दर्शकले सोधिएका जिज्ञासालाई अधिकारीले सम्बोधन गर्नु भएको थियो।  मानवसेवा आश्रमले गरेको कामहरूको सराहाना गर्दै क्याट युकेका एवं समाजका अभियान्ताहरू राजेन्द्र खरेल,नरेन्द्र कण्डेल दिपक श्रेष्ठ , फत्त थापा, राजेन्द्र सुवेदी, बिष्णु न्यौपाने लगायतले शुभकामना मनतब्य दिएका थिए ।

कार्यक्रमको अन्तमा प्रमुख अतिथी रामजी अधिकारी, बिशेष अतिथी कृष्ण गुरूगंलाई क्याट युकेका अध्यक्ष जिवन सेनले खादा ओढ़ाई सम्मान र सम्मान पत्र दिनुको साथै सो  महान्  कार्यका अभियान्तालाई बेलायतमा बोलाई हामीनेपालीहरू माँझ साक्षात्कार गर्न भुमिका निभाउने समाजसेवी सुनिल खड्कालाई पनि खादा ओडाई सम्मान गरिएको थियो ।


सडकमानव मुक्त नेपाल निर्माणका अभियान्ता रामजी अधिकारी एवं डर मास्टर इमपावरमेन्ट कोच कृष्ण गुरूंगलाई धन्यवाद दिदै छोटो समयको निमन्त्रणालाई स्वीकार गर्दै ब्यस्थताको बाबजुद पनि  कार्यक्रममा उपस्थित हुनु हुने सबैलाई बिशेष धन्यवाद दिदै कार्यक्रमका अध्यक्ष जिवन सेनले कार्येक्रमबिसर्जन गरेका थिए ।

    

प्रतिक्रिया