2146
Shares
एजेन्सी – भारतकी चर्चित गायिका नेहा कक्करको स्वरका पारखी धेरै छन् । उनी यही कारण चर्चामा आइरहन्छिन् । त्यतिमात्र होइन कहिलेकाँही उनी तस्बिरका कारण पनि चर्चामा आउने गरेकी छिन् ।
त्यस्तै भएको यसपटक पनि । कयौं पटक आफ्नो स्टाइलका कारण चर्चित बनेकी नेहा कक्कर यसपटक इन्स्टाग्राममा सेयर गरेको तस्बिरका कारण चर्चित बनेकी छिन् ।

नेहाले हालसालै सेयर गरेको उक्त तस्बिरमा उनले मिनिस्कट लगाएकी छन् । उनको मिनिस्कट छोटो छ । यही तस्बिरलाई लिएर उनका फ्यानहरुले प्रतिक्रिया दिएका छन् ।
कतिपयले उनलाई उक्त ड्रेसमा क्युट देखिएको प्रतिक्रिया दिएका छन् त कतिले उनलाई ट्रोल गरेका छन् । उनको ट्रोल गर्दै अझै छोटो कपडा लगाउन सुझाएका छन् ।