भरत प्रधान , लिस्बन, २७ साउन । नेपाली कांग्रेसका प्रबक्ता बिश्व प्रकाश शर्मा पोर्चुगल आईपूग्नुभएको छ ।
नेपाली जनसम्पर्क समिति साईप्रसको कार्यक्रममा सहभागी भई नेता शर्मा आईतबार राती पोर्चुगल आईपूग्नुभएको हो ।
नेता शर्मालाई लिस्बन स्थित अन्र्तराष्ट्रिय बिमानस्थलमा स्वागत गर्न नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे, पूर्व अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा, महासमिति सदस्य चिज कुमार तामाङ लगायतका कांग्रेस नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।
नेता शर्माले भोली सोमबार लिस्बनमा हुने नेपाली जनसम्पर्क समिति पोर्चुगलको १० औं बार्षिक साधारण सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भने मंगलबार पार्टीको बर्तमान अवस्था, पार्टीको आगामी नीति तथा भूमिका र नेपालको समृद्धीमा प्रवासी नेपालीको भूमिका लगायतका बिषयमा यहां रहेका कांग्रेस नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम छ ।
तीन दिने पोर्चुगल बसाईपछि उहां जनसम्पर्क समिति डेनमार्कले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा सहभागी हुन प्रबक्ता शर्मा सहित नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही पनि आईतबार नै पोर्चुगल आईपूग्नुभएको छ ।