२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अमेरिकाको एटलान्टामा पहिलो ग्लोबल नेपाली हेल्थ सम्मेलन हुँदै

921 Shares
Spread the love

न्यूयोर्क । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको ग्लोबल हेल्थ एण्ड हाईजीन कमिटीको आयोजनामा पहिलो ग्लोबल नेपाली हेथ कन्फरेन्स हुने भएको छ ।

अमेरिकाको एट्लान्टा शहरमा आगामी सेप्टेम्बर २० २२, २०१९ मा सो कन्फरेन्स हुने भएको हो ।

सो सम्मेलन आयोजना गर्नको लागि एनआरएनए आईसीसीका ग्लोबल हेल्थ एण्ड हाईजीन कमिटीका संयोजक डा. संजीव सापकोटाको संयोजकत्वमा बिभिन्न देशमा बस्ने स्वास्थ्य प्रोफेसनल्स एवं एवं एनआरएनए अभियन्ताहरू सम्मिलित एउटा मुख्य आयोजक समिति बनेको उपाध्यक्ष जुनु गुरुले जानकारी दिए ।

विदेशमा सिकेका स्वास्थ्य सम्बन्धी ज्ञान, अनुभव र प्रविधिहरूलाई कसरी स्वदेश तथा विदेशमा बस्ने नेपालीहरूबीच पुर्याउन सकिन्छ भन्ने विषयमा सम्मेलनमा बृहत् छलफल हुनेछ । सो सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्र र प्यानल डिस्कसनबाट निष्कर्षहरू निकालिने छ । विषयगत छलफलका अतिरिक्त सो कार्यक्रममा सामान्य हेल्थ चेकअप, ल्याब टेस्ट, योग, ताईची, मेडिटेसन, रनिंग, वाकिंग, माउन्टेन हाइकिंग, सीपिआर रएईडी तालिम आदिको पनि आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।

पहिलो नेपाली हेल्थ कन्फरेंसलाई सफल बनाउन अमेरीकन सरकारको सेन्टर फ़ोर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, सोसाईटी अफ अमेरीकन नेपलीज नर्स, ब्लड डोनर्स अफ अमेरीका, नेपाली कल्चरल सेन्टर, एटलान्टा, नेपलीज एसोसिएशन अफ जर्जिया, ग्रेटर एटलान्टा बैदिक मन्दिर, स्टार स्कोलार नेटवर्क, ईक्वालिटी फ़ाउन्डेशन लगायतका अन्य संघसंस्थाहरूले सहयोग गरिरहेका छन् ।

सो कार्यक्रममा अमेरीका लगायत दक्षिण कोरिया, अस्ट्रेलिया, युके, न्यूजिल्याण्ड, क्यानडा, अफ्रिकाका साथै अन्य देशमा बसोबास गर्ने चिकित्सक, नर्स, स्वास्थ्य प्राविधिक तथा एनआरएनए अभियन्ता लगायतको उपस्थिति रहनेछ ।

सो सम्मेलनमा भाग लिनको लागि आफ्नो नाम रजिष्टेसन गर्न, कार्यपत्र प्रस्तुत गर्नको लागि एबस्ट्र्याक्ट बुझाउन, होटल बुक गर्न तथा सोभेनियरमा आफ्नो लेख-रचनाहरू छपाउन एनआरएनए आईसीसीको आधिकारिक वेभसाईट https://nrna.org/Our-Work/Global-Health-Hygiene-Committee मा क्लिक गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया