भारत सरकारले जम्मू कश्मीरलाई दिएको विषेशाधिकार खारेज गर्दै केन्द«प्रशासित प्रदेश बनाएपछि यसले भारतसहित अन्य देशहरुमा पनि तरंग ल्याईदिएको छ । कश्मीरीहरुको विषेश अधिकार खोसिदा कोही जम्मू कश्मीर बल्ल भारतको भएको भन्दै खुसी मनाईरहेका छन् भने कोही दुखी पनि छन् । बलिउडकै प्रसंगमा पनि कतिले यसबारेमा आफनो टिप्पणी गरेका छन् भने कति यसबारेमा छिसिक्क पनि बोलेका छैनन् । कुरा गरौँ बलिउडका खान नायकहरुको बारेमा । चर्चित नायकहरु सलमान , सारुख र आमिर खान जस्ता नायकहरुले जम्मू कश्मीर मुद्धामा चुईक्क बोलेका छैनन् ।
अन्य बलिउडकर्मीहरुले यसबारेमा आ आफनो धारणा व्यक्त गरिरहँदा यी चर्चित नायकहरुले नबोल्दा विभिन्न खाले विश्लेषण भईरहेका छन् । अनुपम खेर , परेश रावल , कंगना रनावत लगायतले बधाई दिईरहँदा यी खान नायक , अमिताभ बच्चन लगायतका चर्चित कलाकारहरुले बोल्न सकेका छैनन् । हुन त जब भारत पाकिस्तान वा हिन्दु मुस्लिमको कुरा आउँछ तब कलाकारहरुले दिएको अभिव्यक्तिपछि उनीहरुकै लागि घाँडो हुने गरेको पछिल्ला उदाहरणहरु देखिन्छन् ।

जसको कारण पनि उनीहरु यस्ता संवेदनशिल मुद्धामा बोल्न हिच्किचाईरहेका हुन्छन् । पछिल्लो पटक पनि पुलवामा आक्राण र भारत पाकिस्तानबीचको अघोषित युद्धमा धेरै स्टारहरुले आफनो अभिव्यक्ति दिँदा उनीहरुलाई बहिष्कार गर्ने चेतावनी दिएपछि माफी नै माग्नु परेको थियो । सम्भवत यस्ता बिवादबाट टाढै रहन पनि बलिउडकर्मी यस बिषयमा सयौँ कोष टाढा भईरहेका छन् ।