1976
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि एकतावद्ध भएर प्रर्दशनमा उत्रन सबैलाई आह्वान गरेको छ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक केसीले जायज माग राखेर आमरण अनसन बसेको दावी गर्दै उनको जीवन रक्षाका लागि एकतावद्ध भएर प्रर्दशनमा उत्रन आह्वान गरेका हुन्।
उनले बिहिबार संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबहू पारित नगरे मान्य नहुने चेतावनी पनि दिए।
सभापति देउवाले डा. केसीको ज्यान जाने अवस्था आउँदा पनि सरकार उनका माग सम्बोधन गर्न गम्भिर नभएको आरोप समेत लगाएका छन्।
सभापति देउवाले जुम्लामा वरिष्ठ चिकित्सक केसीको समर्थकमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरी कुटपीट गरेको घटनाको निन्दा र भत्सर्ना पनि गरेका छन्।