२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कांग्रेस प्रबक्ता शर्मा पोर्चुगल आउने : पोर्चुगलका कांग्रेस कार्यकर्तालाई प्रशिक्षण दिने

1570 Shares
Spread the love

भरत प्रधान लिस्बन, १९ साउन । युवा नेता एंव नेपाली कांग्रेसका प्रबक्ता बिश्व प्रकाश शर्मा युरोपेली मुलुक पोर्चुगल आउने भएका छन् ।

यही अगष्त १२ तारिखका दिन राजधानी लिस्बनमा हुने नेपाली जनसम्पर्क समिति पोर्चुगलको १० औं बार्षिक साधारण सभालाई सम्बोधन गर्न प्रबक्ता शर्मा पोर्चुगल आउने भएका हुन ।

प्रबक्ता शर्मा सहित नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही समेत साधारण सभालाई सम्बोधन गर्न पोर्चुगल आउने कार्यक्रम तय भएको समितिका सभापति बिनोद घिमिरेले जानकारी दिए ।

समितिको साधारण सभा संगै यहां रहेका कांग्रेस कार्यकर्ताका लागि प्रशिक्षण समेत आयोजना गरिएको घिमिरेले बताए ।

प्रबक्ता शर्माले अगष्त १३ तारिखका दिन प्रशिक्षण दिने कार्यक्रम रहेको समितिले जनाएको छ ।

नेता शर्माले पार्टीको बर्तमान अवस्था, पार्टीको आगामी नीति तथा भूमिका र नेपालको समृद्धीमा प्रवासी नेपालीको भूमिका लगायतका बिषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया