२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएन कतारको महिला उपाध्यक्षमा सरिता भण्डारीको उमेद्वारी दर्ता

2589 Shares
Spread the love

क़तार । सुरक्षित श्रमिक र मर्यादित वैदेशिक रोजगारी , श्रमिक महिला दिदिबैनीहरुलाई सिप तथा तालिम, महिला हिंसा न्युनिकरण, महिला सशक्तिकरणक लागि नेपाली राजदुतावास र सामाजिक संघ संस्थाहरु संग समन्वय र सहकार्य गर्ने प्रतिबद्दता सहित  गैरआवासीय नेपाली संघ कतारको २०१९–०२१ कार्यकालका लागि महिला उपाध्यक्षमा सरिता भण्डारी पौडेलले उम्मेद्वारी दिएकि छन् । 

श्रमिकहरुको हितको लागि श्रमिक कोषलाई प्रभावकारी बनाउने उदेश्य राखेकी छन्, त्यसै गरि श्रमिक वर्गको हितको लागि स्वास्थ्य सम्बन्धी तालिम तथा गोस्टीको आयोजना गर्दै सचेतना जगाउने बताएकी छन् । 

को हुन् सरिता भण्डारी ?

सरिता भण्डारी कतारमा समाजसेवामा सक्रिय महिला हुन । बिगत १३ बर्ष देखि कतारलाई आफ्नो कर्मथलो बनाईरहनु भएकी भण्डारी पेसाले QATAR PETROLEUM HOSPITAL मा REGISTERED NURSE का रुपमा कार्यरत हुनुहुन्छ | उँहा राजनैतिक संघसस्था भन्दा नि सामाजिक समाजमा रहने व्यक्ति हुनुहुन्छ | हाल उहाँ मितेरी समाज कतारको सल्लाहाकार , महिला समाज कतारको सदस्य, स्यांग्जा सहयोग समाजको सदस्य र मानब सेवा आश्रम कतारको सदस्य पनि हुनुहुन्छ | स्मरण रहोस उहाँले हालै मात्र मानबसेवा आश्रम नेपालमा रहेका अनाथ बालबालिका बाट १ जना बालिकालाई १० वर्षको लागि अबिभाबकत्व ग्रहण पनि गर्नु भएको छ |  

उनले आफ्नो उम्मेदवारीमा अन्य  कुराहरुपनि जोडेकी छन् | उनको उम्मेदवारी घोषणाको पूर्णपाठ तल दिइएको छ |

          “गैरआवसिय नेपाली संघ कतारको महिला उपाध्यक्षमा मेरो उम्मेदवारी“

                गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका आदरणिय पंजिकृत सदस्य ज्यूहरु, यस अभियानका अग्रज अभियन्ता ज्यूहरु, कतारमा कार्यरत गैरआवासीय नेपाली दाजुभाई तथा दिदी बहिनिहरु, पत्रकार मित्रहरु, नमस्कार । NRNA NCC कतारको 2019-2021 कार्यकालमा आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्बाह गर्ने प्रतिबद्द्ता गर्दै महिला उपाध्यक्षमा रहेर सेवा गर्ने मौका दिनु हुन सम्पूर्ण NRNA NCC कतारको पंजिकृत सदस्य दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु । खुशीका साथ, सकरात्मक सोच का साथ बेबस्थापन एवं शुद्धिकरण प्रयास एवं प्रयत्न :-

१ सुरक्षित श्रमिक र मर्यादित वैदेशिक रोजगारी.

२. श्रमिकहरुको हितको लागि श्रमिक कोषलाई प्रभावकारी.

३. साझा संस्थाको रुपमा स्थापित गर्नको लागि नेपाली समुदायको बिशेष भुमिका कायम गरि समन्वय र सहकार्य गर्ने.

 

४. श्रमिक मैत्री बनाउने | 

५. कार्यरत राष्ट्र को प्रचलित कानुन को परिधि भित्र रही. नेपाली राजदुतावास को प्रत्यक्ष निग्रानीमा पीडित / मजदुर वर्ग को उद्वार तथा व्यवस्थापन |

६. नेपाल सरकार को Visit Nepal 2020 लाई प्रचार प्रसार |

७. नेपाल र कतार बिच को मैत्रिपूर्ण कुट्नितिक सम्बन्ध / आयामहरु को प्रबर्धन |

८. श्रमिक महिला दिदिबैनी हरुको शिप तथा तालिम / महिला हिंसा न्युनिकरण / महिला सशक्तिकरणका लागि नेपाली राजदुतावास रसामाजिक संघ संस्थाहरु संग समन्वय र सहकार्य |

९. श्रमिक वर्ग हरुको हित को निम्ती स्वास्थ्य सम्बन्धी तालिम तथा गोस्टी एवम सचेतना मुलक कार्यक्रम को आयोजना गरी सल्लाह र सहजिकरण को भूमिका निर्वाह गर्ने |

 

धन्यवाद | 

सरिता भण्डारी पौडेल 

२०१९ –२१ कार्यकालको लागि महिला उपाध्यक्षको आकांक्षि 

 

प्रतिक्रिया