बलिउडका चर्चित गायक उदित नारायण झाको नाम नचिन्ने को नै छ होला र । उनका सुमधुर आवाजले बलिउडमा १९९० दशकदेखि बनेका फिल्महरुमा नभएको कमै होला । उनै चर्चित गायकलाई लगातार ज्यान मार्ने धम्की मिलिरहेको छ । बलिउडमा अन्डर वल्र्डबाट रकम असुलीका लागि धम्कीयुक्त फोन आउँने गरेको कुरा नौलो रहेन । उदितलाई पनि फोनमाफर्त लगातार ज्यान मार्ने धम्की आईरहेको कारण उनले प्रहरी नै शरणमा जानु परेको छ ।

उदितले प्रहरीमा उजुरी दिएपछि प्रहरीले पनि अनुसन्धान सुरु गरेको छ । बलिउड र अन्डर वल्र्डको सम्बन्ध नजिकको हुने हुनाले पनि प्रहरीले उदितलाई ज्यान मार्ने धम्की लगातार आईरहेको भनेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा उक्त फोन कल बिहारबाट आएकोले प्रहरीको एक टिम नै बिहारतर्फ पुगेको छ । प्रहरीका अनुसार उदितलाई ज्यान मार्ने धम्की आए पनि पैसाको लागि भने कुनै डिमान्ड नभएको बताएको छ ।