२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएन यूकेको सदस्य संख्या करिब १३ हजार ८ सय

928 Shares
Spread the love

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि करिब १३ हजार ८ सय जनाले सदस्यताको लागि आवेदन दिएका छन् । 

गैरआवासीय नेपाली संघ युकेका प्रवक्ता रमेश । सराङकोटीका अनुसार पूर्वनिर्धारित तालिका अनुसार बुधवार साँझ ८ बजे सम्म सदस्यता फारम मार्फत १३ हजार ३ सय ४३, अनलाइन ३१६, र हुलाक मार्फत १९४ जनाले सदस्यताको लागि आवेदन थिएका छन् । एनआरएन युकेको नयाँ सदस्यता संख्या १३ हजार ८ सय ५३ रहेको छ ।

अध्यक्षका प्रत्यासी शेर बहादुर सुनारले आफ्नो अभियान सफल भएको वताए ।
उनले भने ‘मैले एनआरएन युकेको सदस्यता १० हजार भन्दा माथि बनाउने अभियान चलाएको थिए आज त्यो अभियान सफल भयो निकै खुशी छुु सुनारले भने । 

उनले आफ्नो समूहको मेहनतको कारणले गर्दा ६ हजार भन्दा बढि सदस्य बनाउन सफल भएको दावी गरे ।

आज प्राप्त आवेदन प्रमाणिकरण गरे पछि मात्र मतदाताको लागि योग्य हुने संघका प्रवक्ता रमेश सराङकोटीले जानकारी दिए ।

यस्तै अध्यक्षकी प्रत्यासी पुनम गुरुङ निकटवर्तिका अनुसार गुरुङ समूहले ५ हजारको हाराहारीमा सदस्यता फारम बुझाएका छन् ।

संघको निर्वाचन कार्यालयमा प्राप्त सदस्यहरुले मात्र सो निर्वाचनमा उम्मेदवार बन्न र मतदान गर्न पाउँछन् । 

नयाँ नेतृत्वको लागि निर्वाचन हुने सो अधिवेशनमा वर्तमान उपाध्यक्षहरु शेर सुनार, प्रेमगाहा मगर , पुनम गुरुङ बीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
त्सैगरी महा-सचिवमा राजकुमार त्रिपाठी , कर्म पाहाडी शेर्पा र फडिन्द् भट्टराईबिच त्रिपक्षीय भिडन्त हुने बुझिएको छ ।

यो संख्या गैरआवासीय नेपाली संघका विश्वभर छरिएका ८० राष्ट्रीय समिति भन्दा अधिक हो । सदस्यता संख्याको हिसाबले एनआरएन युके विश्वमै ठूलो राष्ट्रीय समिति बन्न सफल भएको छ ।

प्रतिक्रिया