2356
Shares
नेपाली लोकदोहोरीको क्षेत्रमा राजु परियारपछि यदि कोही सर्वाधिक चर्चामा रहे भने ती हुन पशुपति शर्मा । लोक दोहोरीको क्षेत्रमा एकछत्र राज गरेका उनै पशुपतिलाई बिषेश गरी तीज गायक भनेर पनि चिनिन्छन् । किनकी तीजमा यी गायकको जति अरुको कमै निस्किन्छन र जति निस्कछन् ती सबैले दर्शकहरुलाई छमछमी नचाउँछन् । यसबीच नजिकदै गरेको तीजलाई लक्ष्ति गर्दै पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ ।

“अस्ट्रेलिया काण्ड” बोलको गीत दर्शक तथा श्रोतामाझ उनले आज सार्वजनिक गरेका छन् । गीतमा पशुपतिलाई सम्झना भण्डारीले साथ दिएकीछिन् । गीतमा पशुपति शर्माकै शब्द र संगित रहेको छ । भिडियोमा पशुपति , सम्झना , दिपासा बिसी र बिपिन ठकुरीको अभनय रहेको छ । भिडियोमा दुर्गा पौडेलको निर्देशन रहेको छ ।

