२०८३, २३ कार्तिक आईतवार
×

मिसेस नेपाल आइकनको उपाधि आस्था राणाको पोल्टामा

2578 Shares

काठमाडौं – मिसेस नेपाल आइकन २०१९ को उपाधि आस्था राणा मास्केले जितेकी छिन। काठमाडौंको जमलस्थित नाचघरमा सम्पन्न फाइनल प्रतियोगितामा निर्णायक मण्डलीको अन्तिम प्रश्न ( एउटा परिवारलाई सन्तुलनमा राख्न महिलाको कस्ता भूमिका हुन्छ ? भन्ने प्रश्नको दिएको उत्तरबाट उनी विजेता घोषित भएकी हुन्।

त्यसैगरी मिसेस नेपाल आइकनका प्रतियोगिका सब टाइटल विजतामा आस्था राणा मास्के, मिसेस र्याम्वाल्क, मोष्ट फोटोजेनिक, मोष्ट पपुलर, मन्दिरा अधिकारी फष्ट रनर अप, मोष्ट ट्यालेन्ट, अस्मिता गौतम सेकेन्ड रनर अप, मिसेस ब्युटिफुल, सम्झना सिलवाल मल्टीमेडिया च्वाइस तथा मिसेस कन्जुल्यारीटी, भावना थपलिया मोष्ट डिसिप्लेन तथा भ्वअर च्वाइस, लक्ष्मी क्षेत्री बेष्ट पर्सनालिटी तथा मोष्ट इस्टाइलिस, देवकी भट्ट मोष्ट इन्टल्कच्वल, सुस्मीता घिमिरे मोष्ट पोजिटिभ एटुच्यट रहेका छन् ।

प्रतिक्रिया