1858
Shares
काठमाडाैँ । तामिल चलचित्र उद्योगकी चर्चित अभिनेत्री प्रियंका देशपाण्डेले आत्महत्या गरेकी छिन् । प्रियंकाले वालासारावक्कमस्थित आफ्नै घरको पंखामा झुण्डिएर आत्महत्या गरेकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बुधबार प्रियंकाको शव पंखामा झुण्डिएको अवस्थामा फेला परेको हो । पारिवारिक कारणले उनले आत्महत्या गरेको हुनसक्ने अनुमान लगाएपनि उनले आत्महत्या किन गरिन भन्नेबारे केही खुल्न सकेको छैन । तीन वर्षअघि विवाह गरेकी प्रियंकाको बच्चाबच्ची नभएका कारण उनी पारिवारिक समस्यामा रहेको भन्ने कारण समाचार उल्लेख गरिएको छ ।
प्रियंका हाल तामिल टिभी शो वासमसमा ज्योतिको भूमिकामा निर्वाह गरिरहेकी थिइन् ।