२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपाल मगर संघ कतार शाखाको १३औं महाधिवेशन हुँदै

6280 Shares
Spread the love

दोहा, १२ जुलाई- नेपाल मगर संघ, शाखा कतार को १३ औं महाधिवेशन तथा १९ औं वार्षिकोत्सव -२०१९  कार्यक्रम आगामी २०१९ अगस्ट १६ शुक्रबारको दिन दोहा शहरको नज्मा स्थित सालिमार रेेेेष्टुरेण्टको सभाहलमा हुने भएको छ।

दोहामा कृयाशिल रहेका संस्था नेपाल मगर संघ, शाखा कतारले “अधिकार सम्पन्न ५ नं. प्रदेशलाई एकीकृत मगरात स्वायत्त प्रदेशको घोषणा गर्न माग सहितको हाम्रो अभियान मगर समुदायको आर्थिक, समृद्धि र समाजिक रुपान्तरणको पक्षमा १३औं महाधिवेशन” भन्ने मुल नाराका साथ नेपाल मगर संघ, केन्द्रिय समिति काठमाडौंका अध्यक्ष श्री नवीन रोका मगरको प्रमुख अतिथ्यमा “१३औं महाधिवेशन तथा १९औं वार्षिकोत्सब-२०१९” कार्यक्रम बृहत् रुपमा आयोजना गर्न लागेको र कार्यक्रम को सम्पुर्ण तयारी तीब्रता रहेको शाखा कतारका महासचिव बिजय कुमार मगरले बताए।

उक्त १३ औं महाअधिवेशन तथा १९ औं वार्षिकोत्सव कार्यक्रमलाई सब्य र भब्य रुपमा सफलता पारिदिनको लागि कतारमा कार्यरत रहेका सम्पुर्ण मगर तथा गैर मगर नेपालीहरुलाई सहभागी भैइ दिन समेत आयोजक कमिटी नेपाल मगर संघ शाखा कतारले हार्दिक निमन्त्रणा गरिएको छ।

कार्यक्रमको बारेमा बृस्तित जानकारी
मिति :- २०१९ अगस्ट १६ तारिख शुक्रबार
समय :- बिहान ९ बजे बाट
स्थान :- सालिमार रेेेेष्टुरेण्ट, नज्मा दोहा ,कतार

प्रतिक्रिया