२०८२, २ जेष्ठ बिहीबार
×

ट्रेन्डिङ

सन्दिप लामिछानेको पहिलो गीत सार्वजनिक (भिडियोसहित)

2308 Shares

काठमाडौँ । क्रिकेटबाट लाखौंको मन जितेका लोकप्रिय युवा क्रिकेटर सन्दिप लामिछानेले संगीत क्षेत्रमा समेत डेब्यू गरेका छन् । चर्चित युवा क्रिकेटर सन्दिप लामिछानेले आफ्नो पहिलो गीत ‘उदास थियो मेरो मन’ सार्वजनिक गरेका छन् ।

केहि समय अगाडि भारतको प्रख्यात दिल्ली डेयरडेभिल्स टिमबाट २०१८ आइपिएल ट्वान्टी २० मा उत्कृष्ट प्रर्दशन गरेका क्रिकेटर सन्दिप लामिछानेको स्वरमा रहेको पहिलो गीत  ‘उदास थियो मेरो मन’ बुधवार औपचारिक कार्यक्रम गरी सार्वजनिक गरियो ।

काठमाडौंमा आयोजित एक समारोहकाबीच सन्दिपको आवाजमा रहेको उदास मेरो गीत भिडियोसहित सार्वजनिक गरिएको हो । उक्त गीतको संगीत कम्पोजिशन समेत सन्दिप आफैंले गरेका छन् । यस्तै शब्द रचना विनोद तिमिल्सिना र सनिस सुनुवार संगीत संयोजन रहेको छ ।

विमोचन कार्यक्रममा लामिछानेले आफूलाई खेलसँगै गीत संगीतमा सानैदेखि रुचि भएको कारण खेलबाट फुर्सद हुनासाथ गीत संगीतलाई पनि निरन्तरता दिने बताए ।

लामिछानेले आइपिएल खेल्न जानु भन्दा २ दिन अगाडि उदास मेरो गीतको अडियो सार्बजनिक गरेका थिए । गीतको भिडियोमा श्रृष्टी खड्का र जीवन भटराईले अभिनय गरेका छन् । भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् ।

कार्यक्रममा सन्दिपलाई उत्कृष्ट खेल प्रर्दशन गरी अन्तराष्ट्रिय जगतमा नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा ५० हजार रुपैयाँ सहित सम्मान समेत गरिएको थियो ।

 

प्रतिक्रिया