२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएन यूकेको निर्वाचन समिति गठन : संयोजकमा डमर घले

1428 Shares
Spread the love

लण्डन । गैरआवासीय नेपाली संघ युकेको प्रमुख संरक्षक समेत रहेका घले आइतवार अल्डरशटमा सम्पन्न कार्यसमितिको बैठकले प्रमुख आयुक्तको जिम्मेवारी दिएको संघका महासचिव राजकुमार त्रिपाठीले जानकारी दिए ।

त्रिपाठीका अनुसार समितिको सहसंयोजकमा शिवजी श्रेष्ठ र अन्य सदस्यमा डा. सुमाया राई, श्री लिम्बु, चिरन्जिबी ढकाल, नरेश खपाङ्गी, कर्ण शाही, राष्ट राई, राजु कंडेल, दुत पुन, बिकाश रण पाइलि, निम थापा लगायत छन्। 

बैठकले उम्मेदवारी शुल्क समेत बृद्धि गरेको छ । बैठकको निर्णय अनुसार अध्यक्ष (१) १५०० पाउण्ड, उपाध्यक्ष (६) ११०० पाउण्ड, महासचिव ११०० पाउण्ड, सचिव (३), ८५० पाउण्ड, कोषाध्यक्ष ८५० पाउण्ड, सहकोषाध्यक्ष ८५० पाउण्ड, महिला तथा युवा संयोजक ८०० पाउण्ड तोकिएको छ । यस्तैकार्यसमितिको सदस्यहरुको लागि ४५० पाउण्ड शुल्क तोकिएको छ । यस्तै आइसीसी सदस्यको लागि उम्मेदवारी शुल्क १५ सय पाउण्ड तोकिएको छ । 

बैठकले वेलायतको ४ वटै राज्य परिषदको निर्वाचन गराउने निर्णय गर्दै सो प्रयोजनको लागि उम्मेदवारी शुल्क समेत तय गरेको छ । राज्य परिषदकोे अध्यक्षको ४५०, उपाध्यक्षको २०० पाउण्ड, सहसचिव १५० पाउण्ड, कोषाध्यक्ष २०० पाउण्ड, सहकोषाध्यक्ष १५० पाउण्ड र १ सय पाउण्ड सदस्यहरुको शुल्क निर्धारण गरेको छ ।

महासचिव त्रिपाठीले संघको निर्वाचनको लागि गठित निर्वाचन समितिलाई सहयोग गर्न वेलायतस्थित नेपाली समुदायलाई आग्रह गरेका छन् । 

संघको निर्वाचन आगामि १४ सेप्टेम्वरको लागि तोकिएको छ । सो निर्वाचनमा मतदाता बन्नको लागि ३१ जुलाई भित्र सदस्यता लिनु पर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया