२०८३, २३ कार्तिक आईतवार
×

स्वस्तिमा भईन् फायर

1496 Shares

कम समयमा नेम र फेम कमाउँन सफल नायिका हुन स्वस्तिमा खड्का । बिवादमा कमै मात्र आउँने गरेकी स्वस्तिमा यतिबेला आफनो एउटा अभिव्यक्तिको कारण चर्चामा आएकीछिन् । उनले बढी पारिश्रृमिक लिने कलाकारहरुलाई कटाक्ष हान्दै २० लाख पारिश्रृमिक लिनु ठुलो कुरा नभएको बताएकी थिईन । उनले “लिने र दिने दुबै जना खुसी हुन्छन् भने जायज हो । मैले पारिश्रृमिक चाही लुकाएर राख्छु । सार्वजनिक गर्नेहरुलाई म मान्छु । तर मैले २० लाख पारिश्रृमिक लिन्छु भने ५०/ ६० लाख दर्शक चाही मैले तान्न सक्नु पर्छ । त्यती गर्न सके भने मात्र मैले १५/ २० लाख लिएर भनेर नाक फुलाउँन मिल्छ नभए २० लाखमा फिल्म ग¥यो तर निर्माताको हातमा भने ५ लाख पनि परेन भने त अलिकति चाही अप्ठ्यारो हुन्छ” । उनले यति भनिरहँदा अधिकांशले स्वस्तिमाले पुजा शर्मालाई कटाक्ष हानेको बुझेका थिए । विभिन्न संचारमाध्यमहरुले समेत त्यही बुझेका थिए ।

उनको उक्त अभिव्यक्तिपछि पुजाका फ्यानहरु स्वस्तिमाप्रति आक्रोसित भएका थिए । तर उनले संचारमाध्यमहरुमा आएका समाचारहरुको खण्डन गर्दै आफुले दिएको अभिव्यक्ति पुजा शर्मालाई नभएको स्पस्ट पारेकीछिन् । सामाजिक सञ्जालमा लेख्दै उनले अरू कसैले आफुभन्दा धेरै पारिश्रमिक पाउँछ भन्दैमा आफुले डाहा नगरेको स्पष्ट पारेकीछिन् । पत्रकारहरुलाई समेत आफनो धर्म निर्वाह गर्न र जनतामाझ मनगढन्ते समाचार सम्प्रेशण नगर्न आग्रह गरेकीछिन् । उनले लेखेकीछिन्  “राम्रो कामले राम्रो पारिश्रमिक पाउनुपर्छ – यो काम दिनेको धर्म हो । काम गराउनेले राम्रो कामको कदर गर्छन्, राम्रो कलाकारिता गर्ने कलाकारलाई राम्रै पारिश्रमिक पनि दिन्छन् । सबैले आ-आफ्नो ठाउँमा आफ्नो धर्म र आफ्नो कर्मको इज्जत गर्छन् । गर्नुपर्छ पनि “।

“जसरी मैले राम्रो काम गरेको राम्रो पारिश्रमिक पाउँछु, त्यसरी नै अरू कलाकारहरूले पनि राम्रो काम गरेको राम्रो पारिश्रमिक पाउँछन् नै । मैले अरू कसैले पाएको पारिश्रमिक देखेर आफ्नो धर्म(कर्म कम गर्ने होइन, अरू कसैले मभन्दा धेरै पारिश्रमिक पाउँछ भन्दैमा मैले डाहा गर्ने होइन । मेरो कर्म त्यो होइन । मेरो कर्म अभिनय हो – त्यो राम्रो गर्न सकेँ भने मेरो धर्म पूरा हुन्छ ।  पत्रकारको धर्म भनेको सबैलाई सुसूचित गर्नु हो । सबै जनाले “कलाकारिता क्षेत्रमा के-कस्तो समाचार छ” भनेर बुझ्न पाउनुपर्छ त्यसैले पत्रकारले सुसमाचार दिएर सर्वसाधारणलाई कलाकारिताका बारेमा जानकारी दिनुपर्छ । तर आफ्नो कर्मक्षेत्रलाई नै बिर्सेर, “यसले त्यस्तो भन्यो, उसले त्यस्तो भनी” भनेर आरोप लगाउँदै, नाम जोड्दै, तथानाम भन्दै, मनगढन्ते समाचार सम्प्रेषण गरेर जनतामा भ्रम फैलाउनु भनेको पत्रकारिताको धर्म होइन जस्तो लाग्छ मलाई” ।

 

प्रतिक्रिया