२०८०, ९ आश्विन मंगलवार
×

ट्रेन्डिङ

नेविसंघको असन्तुष्ट समूहले खोल्यो सम्पर्क कार्यालय

1582 Shares

काठमाडौं–नेतृत्वलाई चुनौति दिँदै १२ औं महाधिवेशनको मिति घोषणा गरेको नेपाल विद्यार्थी संघ (नेविसंघ) को असन्तुष्ट समूहले सम्पर्क कार्यालयको समेत उद्घाटन गरेको छ ।

बुधबार महामन्त्री कुन्दनराज काफ्ले ,उपाध्यक्ष रामप्रसाद अधिकारी, डील्लीराम सुवेदी, नवीन राई , प्रकाश रानालगायताका सयौ नेताकार्यकर्ताको उपस्थितिमा  बागबजारस्थित शंकरदेव क्याम्पसअगाडि महाधिवेशन सम्पर्क कार्यर्यालयको  उद्घाटन गरिएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

साताअघि असन्तुष्ट समूहले बहुमत केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठकको निर्णय भन्दै  आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंको कीर्तिपूरमा महाधिवेशन गर्ने घोषणा गरेका थियो ।

प्रतिक्रिया