२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

नेविसंघको असन्तुष्ट समूहले खोल्यो सम्पर्क कार्यालय

1582 Shares
Spread the love

काठमाडौं–नेतृत्वलाई चुनौति दिँदै १२ औं महाधिवेशनको मिति घोषणा गरेको नेपाल विद्यार्थी संघ (नेविसंघ) को असन्तुष्ट समूहले सम्पर्क कार्यालयको समेत उद्घाटन गरेको छ ।

बुधबार महामन्त्री कुन्दनराज काफ्ले ,उपाध्यक्ष रामप्रसाद अधिकारी, डील्लीराम सुवेदी, नवीन राई , प्रकाश रानालगायताका सयौ नेताकार्यकर्ताको उपस्थितिमा  बागबजारस्थित शंकरदेव क्याम्पसअगाडि महाधिवेशन सम्पर्क कार्यर्यालयको  उद्घाटन गरिएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

साताअघि असन्तुष्ट समूहले बहुमत केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठकको निर्णय भन्दै  आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंको कीर्तिपूरमा महाधिवेशन गर्ने घोषणा गरेका थियो ।

प्रतिक्रिया