२०८३, २३ कार्तिक आईतवार
×

पुजालाई कसले दियो २० लाख पारिश्रृमिक ?

2468 Shares

नेपाली सिनेमा क्षेत्रमा प्रेम गीतबाट रातारात चर्चामा आएकी नायिका हुन पुजा शर्मा । प्रेम गीत , म यस्तो गीत गाउँछु , रामकहानीसम्म आईपुग्दा उनी नायिकामात्र होईन महंगी नायिका समेत बनिसकेकीछिन् भने सफल निर्मात्री पनि । छिट्टै म यस्तो गीत गाउँछु २ को सुटिङमा व्यस्त हुन लागिरहेकी पुजाले अर्काे नयाँ फिल्ममा पनि काम गर्ने पक्का भएको छ । दार्जिलिङको निर्माताले निर्माण गर्न लागिरहेको उक्त फिल्ममा पुजाले काम गर्न लागिरहेकीछिन् ।

जुन फिल्ममा उनले २० लाख पारिश्रृमिक लिएकीछिन् । यसअघि पोई पर्‍यो कालेमा पनि २० लाख पारिश्रृमिक लिएर चर्चामा आएकी पुजाले नयाँ फिल्ममा पनि २० लाख पारिश्रृमिक लिने भएकी हुन् । फिल्मको लागि कागजी सम्झौता भने भईसकेको छैन तर उनले पेश्की भने लिईसकेकीछिन् । फिल्मका लागि यतिबेला नायकको लागि प्रोसेस चलिरहेको छ।

फिल्मका लागि आकास श्रेष्ठसंग पनि कुराकानी चलिरहेको बुझिएको छ । फिल्मको सुटिङ म यस्तो गीत गाउँछु २ पछि सुरु हुनेछ । बर्षमा एउटा मात्र फिल्ममा काम गर्दै आईरहेकी पुजाको यस बर्षमात्र ३ वटा फिल्महरु पोई प¥यो काले , म यस्तो गीत गाउँछु २ र सम्हालिन्छ कहिले मन रिलिज हुनेछ । नयाँ फिल्ममा पनि २० लाख पारिश्रृमिक लिएकी पुजा अहिलेकै महंगी नायिकामा पहिलो नम्बरमा रहेकीछिन् ।

प्रतिक्रिया