२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

युएईमा १ बर्षको अवधिमा ९८ नेपालीको मृत्यु

1021 Shares
Spread the love

काठमाडौं– आर्थिक वर्ष २०७५।०७६ मा वैदेशिक रोजगारीका लागि संयुक्त अरब ईमिरेट्स (यूएई) गएका ९८ जना नेपालीको ज्यान गएको युएईस्थीत नेपाली दूतावासले जानकारी दिएको छ ।

रोजगारीका लागि युएई गएकामध्ये गत आर्थिक वर्षमा ९३ जना पुरुष र ५ जना महिलाले ज्यान गुमाएको दूतावासले जनाएको छ । दूतावासका अनुसार धेरैको प्राकृतिक मृत्यु भएको छ ।

प्राकृतिक कारणले ४८ जना पुरुषको मृत्यु भएको दूतावासको तंथ्याकमा छ । प्राकृतिकपछि हृदयघात, मष्तिस्क पक्षघात तथा अन्य कारणले मृत्यु भएको दूतावासले जनाएको छ । गत आर्थिक वर्षमा २१ पुरुष र २ जना महिलाले आत्महत्या गरेको दूतावासको तथ्याङ्कमा उल्लेख छ ।

सवारी र सडक दुर्घटनामा परेर २ जना महिला र २१ पुरुषको मृत्यु भएको दूतावासले जनाएको छ । गत आर्थिक वर्षमा १ जना महिलासहित ३ जना पुरुषको हत्या भएको दूतावासले जनाएको छ । उनीहरुको हत्यामा नेपालीकै संलग्नता रहेको भएको प्रारम्भिक अनुसन्धानले खुलेको दूतावासले जानएको छ ।

दूतावासले मुत्यु हुने नेपालीको शव नेपाल फर्काउन र अन्य प्रत्रियाका लागि सहयोग गरेको जनाएको छ ।

प्रतिक्रिया