२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएनए अष्ट्रियामा विनोद चौलागाई निर्वाचित

1372 Shares
Spread the love

लन्डन । एनआरएनए चुनाव नजिकिदै गर्दा चारैतिर विवाद र चर्काचर्कीको सरगर्मी चढेको बेला अष्ट्रिया एनआरएनले भने सुन्दर र सफल अभ्यास गरेको छ ।

एनआरएनए विवादस्पद संस्था हो र कमसल मान्छेहरूले दौडाउँछन भन्ने पछिल्लो भ्रमलाई चिर्दे अष्ट्रिया प्रयोगले शुभ सन्देश दिएको छ ।

गत २१ जुलाईमा अष्ट्रियाको भिएनामा सम्पन्न एनआरएनए निर्वाचनमा सहमतीका आधारमा विनोद चौलागाई अध्यक्षमा निवाचित भएका थिए । उपाध्यक्षहरू कुमार अधिकारी , विकाश कार्की ,आशा थापा महासचिवमा भवानी तिवारी , सचिवहरुमा क्रमश: सुभद्रा भण्डारी, याङ्गजोम लाब्राङ्ग , कोषाध्यक्ष विकाश भट्टराई, सह कोषाध्यक्ष दुर्गा गजुरेल , युवा संयोजक दिनेश वैदवार , सह युवा संयोजक एलिजा श्रेष्ठ र सदश्यहरुमा अर्जुन घिमिरे, विरेन पुन, रामबहादुर विश्वकर्मा, शेखरचन थोकर , बसन्त गुरुङ्ग निर्वाचित भएका हुन् । केहि पदका लागि भने सर्वसम्मत गरिएको थियो l

एनआरएनए अष्ट्रियाको सहमती र समझदारी अनि prajatantrik अभ्यासले अन्य मुलुकका एनआरएनएहरूमा पनि प्रेरणा मिलोस ।एजेन्डा बिहिन भएको छ भन्ने आरोपलाई गलत साबित गर्दै भविष्यमा प्रवासी नेपालीहरुको छाता संगठनमा बलियोसंग उभिनु पर्ने टड्कारो आवस्यकतालाई नवनिर्वाचित टिमले पुरा गर्ने विश्वास लिइएको छ l

प्रतिक्रिया