२०८३, २३ कार्तिक आईतवार
×

१२ वर्षपछि शिल्पाको पुनः कमब्याक

830 Shares

मुम्बई – भारतीय अभिनेत्री शिल्पा सेट्टी सिनेमाको पर्दाबाट हराएको १२ वर्षपछि पुनः फिल्ममा कमब्याक भएकी छन्। अभिनेता तथा गायक दिलजित दोसाँझ र यामी गौतम स्टारर फिल्ममा शिल्पाले महत्वपूर्ण भूमिका निर्वाह गर्न लागेकी हुन्। शिल्पा फिल्ममा लेखिकाको भूमिकामा हुनेछिन्। प्रेम कथानक उक्त फिल्ममा शिल्पाले कथालाई आफ्नो तर्फबाट प्रस्तुत गर्ने छिन्।

यही फिल्मको माध्यमबाट अजिज मिर्जाका छोरा हारुन मिर्जा फिल्म निर्देशनमा डेब्यु गर्दै छन्। यति बेला शिल्पा लन्डनमा छुट्टी मनाइरहेकी छन्। उनी भारत आउनेबित्तिकै फिल्मको सुटिङ अगस्टबाट सुरु गर्ने बताइएको छ। शिल्पा लामो समयदेखि रियालिटी सोमा निर्णायकका रूपमा देखिँदै आएकी छन्। उनी फिटनेस एप्स र आइकन कुकरी सोमा पनि व्यस्त थिइन्।

प्रतिक्रिया