२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपालमा पर्यटक बढाउन बेलायतमा बसमा प्रचार देखि मितेरी साइनोसम्म

926 Shares
Spread the love

लण्डन। नेपाल भ्रमण वर्ष २०२० लाइ लक्षित गरेर बेलायतमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिदै आएकोमा गत शुक्रबार यहास्थित नेपाली राजदुताबासमा एक अलग प्रकारको कार्यक्रमको आयोजना गरियो। भिसिट नेपाल २०२० को एक उच्चस्तरीय समितिको नेतृत्व गरिरहेको नेपालि राजदुताबासले गत सातामात्र विश्वमै पर्यटकका लागि प्रख्यात लण्डनका रातो बसहरुमा विभिन्न आकर्षक प्रचार सामाग्रीहरुले बेलायातबासिहरुलाई नेपाल भ्रमण गर्न आकर्षित गरिरहेको चर्चा ब्याप्त छ। शुक्रबारको कार्यक्रममा धेरै बेलायतबासी र नेपालीहरुले समेत आगामी वर्ष नेपाल जाने र आफ्ना साथिभाइ र आफन्तहरुलाई पनि लाने प्रतिबध्दता ब्यक्त गरे।

पूर्वी नेपालको अर्जुनधारा नगरपालिका र संयुक्त अधिराज्य बेलायतको वुल्भरह्याम्पटन सिटी काउन्सिलबीच ‍‌‍‌‍बिहीबार भएको औपचारिक भगिनी ( मितेरी )सम्बन्धका उपलक्ष्यमा नेपाली दूतावासद्वारा आयोजना गरिएको उक्त विशेष कार्यक्रममा त्यस्तो प्रतिबध्द्ता ब्यक्त गरिएको हो। उक्त कार्यक्रममा विशेषगरि पूर्वी नेपालको झापा सेरोफेरो लगायत अन्य विभिन्न क्षेत्र र समुदायका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा सहाभागी हुनको लागि बेलायतको औधोगिक शहर बर्मिङ्घम नजिकैको वुल्भरह्याम्प्टन सिटी प्रमुख क्लेयर डार्गे लगायत स्थानीय काउन्सिलका टोली नेपाली दूतावास आइपुगेको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई स्वगात गर्दै बेलायात्कालागी नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीले नेपालीहरुले सरलता इमान्दारिता र मिलनसारिता जोगाएर बसेको हेर्न चाहेको बताउदै वुल्भरह्याम्प्टनमा बस्ने नेपालीहरुले त्यहाँ रहेका बेलायती नागरिकहरुसंग मित्रता, आत्मियता, सद्भावना र सहकार्य प्रदर्शन गरेको हुँदा नेपाल र नेपालीको नाम , मान र शान बढेको बताए। अर्जुनधारा र वुल्भरह्याम्प्टनबीचको भगिनी सम्बन्धले हाम्रो सम्बन्ध अझ सुदृढ र सुमधुर हुँदै जानेछ र यसको लागि त्यहाँका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी तथा बेलायतमा रहने झापा जिल्लावासी लगायत सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई राजदूत सुवेदीले हार्दिक बधाई ज्ञापन गरेका थिए । आफ्नो जन्मभूमिका प्रति यस प्रकारको पुण्य काम गर्न पाउदा आफु धन्य भएको पनि राजदुत सुबेदीको कथन थियो।

त्यसैगरि झापाको अर्जुनधारा नगरपालीकाका मेयर हरिकुमार रानाले प्रवासमा बसेपनि नेपाललाई माया नमार्न आग्रह गर्दै सामाजिक सैक्षिक,प्राविधिक र आर्थिक विकासका लागि सहयोग पुर्याउन अनुरोध गरेका थिए ।साथै नेपाल आउँदा एकपटक झापा जिल्लामा आउन समेत आग्रह गरेका थिए । कार्यक्रममा अर्जुनधारा नगरपालिकाको बारेमा जानाकरी गराउनुका साथै विभिन्न क्षेत्रमा लगानी गर्नको लागि अनुरोध समेत गरिएको थियो भने लगानीकर्तालाई कर छुट समेत दिने नित्ति रहेको बताइएको थियो । मेयर रानाका साथमा आएका अर्जुनधारा नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले नगरपालिकाको र समग्र नेपालकै पर्यटकीय तथ्यांक सहितको एक प्रस्तुति पेश गर्दै नेपाली एनआरएन लागायत बिदेशीहरु लाइ समेत लगानीको लागि कर छुट दिने आकर्षक प्याकेज नगरपालिकाको रहेको जानकारी दिएका थिए। हिन्दुधार्मिक महत्वको नाम भएपनि सम्पूर्ण धर्मावलम्बीहरुलाई समान ब्यबहार गरिएको र अतिथि देबो भब लाइ नगरपालिकाले आत्मसात गर्ने बताए।

कार्यक्रमममा अर्जुनधारा नगरपालिका संग मितेरी साइनो गासिएको वुल्भरह्याम्प्टन नगरपालिकाकी मेयरले आफुलाई व्यक्तिगत सम्पूर्ण नगरबासीलाई अत्यन्त हर्षित तुल्याएको बताउदै यस कार्यकालागि नेपाली समुदाय र नेपाली राजदुत लगायत सबैलाई धन्यबाद ज्ञापन गरेकी थिइन्।

उपस्थित मेयर तथा उपमेयरको टोली लगायत कलाकारहरुलाई सम्मान तथा उपहार प्रदान गरिएको थियो ।साथै नेपाली राष्ट्रिय फुटबल टोलीका उपकप्तान एवम थ्री स्टार क्लबका कप्तान विक्रम लामालाई राजदूत सुवेदीद्वारा सम्मान तथा स्वागत गरिएको थियो । उपकप्तान लामाले राजदूत सुवेदीलाई नेपाल फुटबल लोगोसहितको टी-शर्ट उपहार स्वरूप प्रदान गरेका थिए । कार्यक्रममा एनआरएन युकेका उपाध्यक्ष्य ललित कुमार नेउपाने , झापाली समाज युकेका अध्यक्ष्य अर्कराज तिमिल्सिना , नेपाल प्रेस युनियन युकेका अध्यक्ष्य बिपिन निरौला लगायत पत्रकार, कलाकार तथा बेलायतस्थित विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

स्थानीय कलाकारहरुद्वारा विभिन्न खालका नेपाली धुन तथा सांगीतिक कोसेली प्रस्तुत गरिएको उक्त कार्यक्रमको संचालन दूतावासका उपनियोग प्रमुख शरदराज आरनले गरेका थिए।

बेलायतस्थित स्थानीय व्यक्ति र सस्थाहरुको पहलमा गरिएको यस किसिमको क्रियाकलापले सामाजिक, सांस्कृतिक, शैक्षिक र पर्यटन हितलाई बढावा दिन र प्राविधिक सहयोगको प्रोत्साहन गर्ने महत्वपूर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गरिएको छ।

प्रतिक्रिया