२०८१, २२ भाद्र शनिबार
×

ट्रेन्डिङ

राजधानीको २० हलमा बक्स अफिस प्रणाली सुरु

2808 Shares

काठमाडौँ । लामो समयको प्रतीक्षा पछि राजधानीका २० हलहरूमा बक्स अफिस प्रणाली सुरु भएको छ ।

काठमाडौँका ११ वटा मल्टिप्लेक्स सहित २० वटा सिनेमा हलमा बक्स अफिस प्रणाली लागु भएको हो ।  साउन एक गते मङ्गलवार चावहिल स्थित चलचित्र विकास बोर्डमा बक्स अफिसमा औपचारिक उद्घाटन गरिएको थियो ।

उद्घाटन समारोहमा पुगेका सूचना तथा सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले यही मसान्त भित्रीमा राजधानी बाहिरका हलहरूमा समेत बक्स अफिस प्रणाली लागु भइसक्ने बताए । उनले कार्यक्रममा बोल्दै विवाद र दबाब बिच पनि बक्स अफिस प्रणाली सुरु गरिएको र चाँडै हलहरूको वर्गीकरण गरिने बताए ।

त्यस्तै उनले हलहरूको वर्गीकरण गर्दै विदेशी विज्ञापन बन्द गर्ने घोषणा समेत गरेका छन् । बक्स अफिस लागु सँगै अब निर्माताले आफ्नो चलचित्रको कमाइको सही विवरण पाउने छन् । वितरक अथवा हलवाला बाट ठगिनु पर्ने स्थित अब रहनेछैन ।

प्रतिक्रिया